नेपाल स्टक एक्स्चेन्जका अनुसार लामो बिदापछि खुलेको बजारमा आज कुल १३४ कम्पनीको आठ लाख ८१ हजार ५३३ कित्ता सेयर रु ६८ करोड ७४ लाख ८८ हजार ७५५ मा बिक्री भएको हो ।
आज विशेष गरी होटल र फाइनान्स समूहको सेयर मात्रै बढेको छ भने अन्य समूहका सेयरको मूल्य भने घटेको छ । स्टकका अनुसार बैंकिङ १.०८, विकास बैंक शून्य, जलविद्युत् ०.९४, उत्पादन १.३९, बिमा ०.५४ र अन्य समूहको सेयर ०.१९ प्रतिशतले घटेको छ । यस्तै होटल ०.४८ र फाइनान्स समूह ०.१२ प्रतिशतले घटेको छ ।