back
CTIZAN AD

पूर्वराज्यमन्त्री साहसहित ७ लाई जन्मकैद

वि.सं.२०७५ चैत १५ शुक्रवार

600 

shares

१५ चैत, काठमाडौं । पाँच जनाको ज्यान जाने गरी ६ वर्ष अघि जनकपुरको रामानन्द चोकमा गराइएको बम बिस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । विस्फोटमा संलग्न वारदाताको योजना बुनेका ७ जनामाथि ज्यान मारेको र ज्यान मार्ने उद्योग गरेको दुवै मुद्दामा अदालतले विहिबार फैसला सुनाएको हो ।

न्यायाधिश राजेश कटुवालको इजलासले ५ दिन लामो सुनुवाइपछि प्रतिवादी मध्ये ७ जनालाई जन्मकैद र १ जनालाई १० वर्ष कैद र फरार ४ जनाको हकमा मुद्दालाई मुल्तवी राखेको हो । बम विस्फोट गर्ने व्यक्तिको नाममा १० हजार रुपैयाँ काठमाडौं आएइमई गरेका सुजित पाण्डेलाई भने अदालतले सफाइ दिएको छ ।

२०६९ बैशाख १८ गते जनकपुर रामानन्द चोकमा बम विस्फोटको योजना बुनेको ठहर गर्दै धनुषा अदालतले पूर्वराज्यमन्त्री सन्जय साह, भूमिगत शसस्त्र संगठनका नाइके मुकेश कुमार चौधरी, र राजन मुक्ति भनिने रञ्जित झालाई जन्मकैदको फैसला सुनाएको हो । ज्यान मार्ने उद्योगमा यी तीनैजनालाई १२ वर्षको कैद पनि सुनाइएको छ ।

शुक्रबारको कान्तिपुर दैनिकमा जनकपुरबाट अजित तिवारी र सन्तोष सिंहले लेखेका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०७:३७ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...