back

पाल्पामा किसानलाई हाते ट्र्याक्टर उपहार

वि.सं.२०७५ चैत १५ शुक्रवार

39 

shares

१५ चैत, पाल्पा ।  रिब्दीकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर वितरण गरेको छ । अनुदानमा हाते ट्र्याक्टर पाएपछि खेतबारी जोत्न गोरु पाल्नुपर्ने समस्या हटेकामा किसान खुशी बनेका छन् ।

गाउँपालिकाले खेतबारी जोत्दा किसानलाई समय र पैसाको बचत गरी उत्पादन बढाउने उद्देश्यका साथ गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादन गर्ने किसानलाई आधुनिक कृषिऔजार वितरण गर्दै आएको छ ।

गाउँपालिकाको छ लाख ३२ हजारको लगानीमा हाते ट्र्याक्टर खरीद गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत नगदमा गाउँपालिका क्षेत्रभित्रका २५ किसानलाई हाते ट्र्याक्टर वितरण गरेपछि व्यावसायिक उत्पादनमा किसानको आकर्षण बढ्नेछ ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले कृषिलाई व्यावसायिक र यान्त्रिकीकरण गरेर छिटोछरितो रुपमा काम सम्पन्न गर्न हाते ट्र्याक्टर सहयोगी हुने बताए ।

गाउँपालिका-१ ख्याहाका ५७ वर्षीय गिरीराज पाण्डेयले हाते ट्र्याक्टर अनुदानमा पाएपछि गाउँमा कसको गोठमा गोरु छन् भनेर खोज्नुपर्ने समस्या हटेको बताए । खेतबारी जोत्न गोरुको खोजीमा खर्च गर्नुपर्ने समस्या हटेपछि अहिले पाण्डेय खुशी छन् । गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले गाउँपालिकाले आधुनिक कृषि औजार अनुदानमा वितरण गरेपछि कृषि उत्पादन र किसानको आम्दानी वृद्धि हुने बताए ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०८:५३ मा प्रकाशित

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

काठमाडौंबाट १५ सयको बिरुवा बोकेर गाउँ पुगेका पाइजा गर्छन् किबीबाट मनग्य आम्दानी

काठमाडौंबाट १५ सयको बिरुवा बोकेर गाउँ पुगेका पाइजा गर्छन् किबीबाट मनग्य आम्दानी

गलकोट (बागलुङ) । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले...

उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा बेच्दै सर्लाहीका किसान

उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा बेच्दै सर्लाहीका किसान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै...

आकर्षक मूल्यमा बिक्री हुँदै पहाडी क्षेत्रका अगौटे सुन्तला

आकर्षक मूल्यमा बिक्री हुँदै पहाडी क्षेत्रका अगौटे सुन्तला

चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले...

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद, सुन्तला खेतीमा प्रसन्न

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद, सुन्तला खेतीमा प्रसन्न

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय...

उखु किसान सरकारी अनुदानबाट वञ्चित

उखु किसान सरकारी अनुदानबाट वञ्चित

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित...