back
CTIZAN AD

पाल्पामा किसानलाई हाते ट्र्याक्टर उपहार

वि.सं.२०७५ चैत १५ शुक्रवार

750 

shares

१५ चैत, पाल्पा ।  रिब्दीकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर वितरण गरेको छ । अनुदानमा हाते ट्र्याक्टर पाएपछि खेतबारी जोत्न गोरु पाल्नुपर्ने समस्या हटेकामा किसान खुशी बनेका छन् ।

गाउँपालिकाले खेतबारी जोत्दा किसानलाई समय र पैसाको बचत गरी उत्पादन बढाउने उद्देश्यका साथ गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादन गर्ने किसानलाई आधुनिक कृषिऔजार वितरण गर्दै आएको छ ।

गाउँपालिकाको छ लाख ३२ हजारको लगानीमा हाते ट्र्याक्टर खरीद गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत नगदमा गाउँपालिका क्षेत्रभित्रका २५ किसानलाई हाते ट्र्याक्टर वितरण गरेपछि व्यावसायिक उत्पादनमा किसानको आकर्षण बढ्नेछ ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले कृषिलाई व्यावसायिक र यान्त्रिकीकरण गरेर छिटोछरितो रुपमा काम सम्पन्न गर्न हाते ट्र्याक्टर सहयोगी हुने बताए ।

गाउँपालिका-१ ख्याहाका ५७ वर्षीय गिरीराज पाण्डेयले हाते ट्र्याक्टर अनुदानमा पाएपछि गाउँमा कसको गोठमा गोरु छन् भनेर खोज्नुपर्ने समस्या हटेको बताए । खेतबारी जोत्न गोरुको खोजीमा खर्च गर्नुपर्ने समस्या हटेपछि अहिले पाण्डेय खुशी छन् । गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले गाउँपालिकाले आधुनिक कृषि औजार अनुदानमा वितरण गरेपछि कृषि उत्पादन र किसानको आम्दानी वृद्धि हुने बताए ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०८:५३ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...