back
CTIZAN AD

प्रदेशको राजधानी पोखरा बनाउने एमाले निर्णय

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

738 

shares

२३ कात्तिक, कावासोती । नेकपा (एमाले) प्रदेश नंं ४ ले पोखरालाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेको छ ।

कावासोती–१५ थारु होमस्टे गाउँ अमलटारीमा भएको ४ नं प्रदेशको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य तथा उक्त प्रदेशका प्रचार विभाग प्रमुख जगत् विश्वकर्माले सो जानकारी दिनुभयो ।

बैठकले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ नारासहित आगामी मङ्सिर १ देखि फागुन मसान्तसम्म जनपरिचालन, मतदाता शिक्षा, जनवर्गीय सङ्गठनको भेला तथा अधिवेशन गर्ने, घर फर्क तथा पार्टी प्रवेश अभियान र प्रदेश नंं ४ को समग्र विकास निर्माण र समृद्धिका लागि दीर्घकालीन गुरुयोजना तयार गर्न विज्ञको भेला मङ्सिरभित्र गर्ने निर्णय गरेको छ । साथै, बैठकले प्रदेश कमिटीका संयोजकदेखि सदस्यहरूको कार्यविभाजनसमेत गरेको छ ।

यसैगरी, बैठकले पार्टी स्कुल विभागमा संयोजक किरण गुरुङ, सङ्गठन विभाग प्रमुखमा गणेश तिमिल्सेना, प्रचार विभाग प्रमुखमा जगत् विश्वकर्मा, स्थानीय विभाग प्रमुखमा मायानाथ अधिकारी र मोर्चा सङ्गठनका प्रमुखमा पद्मा अर्याल र आर्थिक विभाग प्रमुख तथा कार्यालय सचिवमा मानबहादुर जिसीलाई तोकेको छ ।

बागलुङ जिल्लामा रहेको ३२० मेगावाटको उत्तरगङ्गा जलाशययुक्त विद्युत् आयोजना र पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो सम्पन्न गर्न पनि बैठकले माग गरेको छ ।

पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश संयोजक किरण गुरुङले संविधानको सर्वोच्चता स्वीकार गरेर मात्र अगाडि बढ्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०३:५९ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...