Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग



२३ कात्तिक, धनकुटा  । धनकुटामा बसोबास गर्दै आएका किरात आठपहरिया जातिले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेका छन् ।

किरात आठपहरिया सामाज नेपाल धनकुटाले सोमबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । धनकुटानै आफ्नो विशेष थातथलो रहेकाले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र नामाकरण गरी स्थानीय तह पुनःसंरचना आयोगलाई सिफारिस गर्नुपर्ने उनीहरुको माग छ ।

पत्रकार सम्मेलनमा किरात आठपहरिया समाज नेपालका केन्द्रीय अध्यक्ष कमल छाराहाङ आठपहरियाले धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र उल्लेख नगरी आठपहरिया समुदायको भावना र चाहना माथि तुषारापात गरिएको बताउनुभयो ।

उहाँले आठपहरिया स्वायत्त क्षेत्र घोषणा नगरिए आठपहरिया समुदायले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी समेत दिनुभयो । धनकुटा नगरपालिका क्षेत्रमा करिब १५ हजार आठपहरियाको बसोबास रहेको आठपहरिया समाजले जनाएको छ ।

यसअघि आठपहरिया संरक्षित क्षेत्र धनकुटा नगरपालिका उल्लेख गरी पुनःसंरचना आयोगमा सिफारिस गरिएको भए पनि आठपहरियाले स्वायत्त क्षेत्रको माग गरेका हुन ।

स्वायत्त क्षेत्र हुनलाई ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या हुनुपर्ने प्रावधान छ । कुल ३६ हजार ६१९ जनसङ्ख्या रहेको धनकुटा नगरपालिकामा १५.७ प्रतिशत आठपहरिया जातिको जनसङ्ख्या रहेको धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताउनुभयो ।

प्रारम्भिक रुपमा धनकुटा जिल्लालाई दुई नगरपालिका र पाँच गाउँपालिका निर्माणका लागि पुनःसंरचना आयोगमा सिफारिस गरिएको छ । तर पनि सोही विषयमा पुनः छलफल गर्नेक्रम चलिरहेको स्थानीय निकाय पुनःसंरचना जिल्ला प्राविधिक समितिका संयोजक पर्वप्रसाद सापकोटाले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।