back
CTIZAN AD

आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

867 

shares

२३ कात्तिक, धनकुटा  । धनकुटामा बसोबास गर्दै आएका किरात आठपहरिया जातिले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेका छन् ।

किरात आठपहरिया सामाज नेपाल धनकुटाले सोमबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । धनकुटानै आफ्नो विशेष थातथलो रहेकाले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र नामाकरण गरी स्थानीय तह पुनःसंरचना आयोगलाई सिफारिस गर्नुपर्ने उनीहरुको माग छ ।

पत्रकार सम्मेलनमा किरात आठपहरिया समाज नेपालका केन्द्रीय अध्यक्ष कमल छाराहाङ आठपहरियाले धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र उल्लेख नगरी आठपहरिया समुदायको भावना र चाहना माथि तुषारापात गरिएको बताउनुभयो ।

उहाँले आठपहरिया स्वायत्त क्षेत्र घोषणा नगरिए आठपहरिया समुदायले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी समेत दिनुभयो । धनकुटा नगरपालिका क्षेत्रमा करिब १५ हजार आठपहरियाको बसोबास रहेको आठपहरिया समाजले जनाएको छ ।

यसअघि आठपहरिया संरक्षित क्षेत्र धनकुटा नगरपालिका उल्लेख गरी पुनःसंरचना आयोगमा सिफारिस गरिएको भए पनि आठपहरियाले स्वायत्त क्षेत्रको माग गरेका हुन ।

स्वायत्त क्षेत्र हुनलाई ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या हुनुपर्ने प्रावधान छ । कुल ३६ हजार ६१९ जनसङ्ख्या रहेको धनकुटा नगरपालिकामा १५.७ प्रतिशत आठपहरिया जातिको जनसङ्ख्या रहेको धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताउनुभयो ।

प्रारम्भिक रुपमा धनकुटा जिल्लालाई दुई नगरपालिका र पाँच गाउँपालिका निर्माणका लागि पुनःसंरचना आयोगमा सिफारिस गरिएको छ । तर पनि सोही विषयमा पुनः छलफल गर्नेक्रम चलिरहेको स्थानीय निकाय पुनःसंरचना जिल्ला प्राविधिक समितिका संयोजक पर्वप्रसाद सापकोटाले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:३९ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...