back
CTIZAN AD

कमजोर शिक्षा नीतिका कारण उत्पादनशील जनशक्ति विदेश जानुपर्ने बाध्यता–अध्यक्ष प्रचण्ड

वि.सं.२०७५ चैत २० बुधवार

537 

shares

२० चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मजदुर मात्र नभएर डिग्री लिएका र राम्रा कलेज पढेकाहरु पनि रोजगारीका लागि विदशिने प्रवृत्ति बढेको बताएका छन् ।

राजधानीको होटल सोल्टिमा आयोजित राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले युवाहरुमा देशभित्र कामगर्ने भन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो रहेको र देशभित्र उत्पादनशील जनशक्ति घट्दै जानुका कारण शिक्षा नीतिमै कमजोरी रहेको बताएका छन् ।

अध्यक्ष दाहालले सम्बन्धीत निकाय तथा सरकारले हामी सबैले कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘हाम्रो सरकारले कस्तो हामी सबैले कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ,’ अध्यक्ष दाहालले भने, ‘हाम्रा युवाहरु लाखौंको संख्यामा विदेशमा छन् । नपढेका भन्दा पढेका धेरै जाने प्रक्रिया बढ्दो छ । डिग्री लिएका राम्रो कलेजमा पढेका त्यस्तो जनशक्ति पनि विदेशिएको छ ।’

अध्यक्ष दाहालले देशभित्र कामगर्ने भन्दा पनि विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढीरहेको र देशभित्र उत्पादनशील जनशक्ति घट्नुका कारण के हो भनेर गहिरीएर हेर्दा शिक्षा निीतिमै कमजोरी रहेको बताए ।

‘हामीले कस्तो शिक्षा निती बनायौं, हामीले शिक्षामा कति लगानी गर्यौ ? हामीले कस्तो शिक्षा नीतिको पालना गर्दै आयौ र यो परिवर्तित सन्र्दभमा हामीलाई चाहिएको शिक्षा नीति कस्तो हो ?,’ अध्यक्ष दाहालले भने, ‘हामीले यसखालका पञ्च वर्षिय अथवा २५ वर्ष सम्मको योजनाका बारेमा बिचार गर्दा हामीले कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राखिनु पर्दछ ।’

व्यवसायीक शिक्षामा, प्राविधिक शिक्षामा, उत्पादन वृद्धि गर्ने र रोजगारी श्रृष्टि गर्ने शिक्षा नीतिमा विद्यालयस्तरबाटै कलेज र युनिभर्सिटीसम्म त्यस्तो शिक्षा दिन थाल्यौ भने, स्वतह त्यसबाट उत्पादित जनशक्ति नेपालको वस्तुगत परिरिस्थति अनुसार काम गर्ने बताउँदै भने, ‘कृषिमा आधुनिकीकरण गर्ने, कृषिको विविधीकरण गर्ने र कृषिमा आधारीत उद्योगहरु स्थापना गरेर रोजगारी सिर्जना गर्ने काममा केन्द्रीत हुने छन् ।’

शिक्षा नीतिमा सुधार गरेमा जागिर खोज्न या जागिरको निम्ति विदेश जाने प्रवृत्ति निरुत्साहित हुने र देशभित्रै केही नयाँ चिज गरेर जाने प्रवृत्ति हावी हुने पनि अध्यक्ष दाहालले बताएका छन् ।

वि.सं.२०७५ चैत २० बुधवार १६:३९ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...