२१ चैत, काठमाडौं । महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि कांग्रेसका असन्तुष्ट ५१ जिल्ला सभापति दबाब दिन काठमाडौंमा भेला भएका छन् ।
केन्द्रीय सदस्य महाधिबेशन प्रतिनिधिका लागि तल्लो बुथबाटै चुनिनु पर्ने र समानुपातिकमा एकै व्यक्तिको उम्मेदवारी नदोहोर्याउने गरी महासमितिमा जुटेको सहमति उल्टिएपछि उनीहरु बिरोधमा उत्रिएका हुन् ।
बुधबार बिहानबाट क्षेत्रपाटीस्थित होटल काठमाडौंमा सुरु भएको भेलामा अधिकांश जिल्ला सभापति रामचन्द्र पौडेल रकृष्ण प्रसा सिटौला पक्षका छन् । सभापति शेरबहादुर देउवाकै चाहनामा निर्णय उल्ट्याइएको उनीहरुको दाबी छ । विहिबारको नयाँपत्रिका दैनिकमा मधुसुधन भट्टराईले लेखेका छन् ।
वि.सं.२०७५ चैत २१ बिहीवार ०७:२१ मा प्रकाशित