back
CTIZAN AD

सुस्ता गाउँपालिकाले गर्यो चौथौ गाउँ सभा

वि.सं.२०७५ चैत २५ सोमवार

804 

shares

२५ चैत, सुस्ता । सुखी सुस्ताबासी र समृद्ध सुस्ताको मुल नाराको साथ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय कुडियाले चौथो गाउँ सभा सम्पन्न गरेको छ । सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेको सभा अध्यक्षयतामा भएको चौथो गाउँ सभाले ५ जना गाउँ नगर प्रहरी नियुक्ती गर्ने निर्यण पारित पनि गरेको छ ।

सभामा चालु आर्थिक बर्ष ०७५- ०७६ को प्रगती प्रतिबेदन सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले प्रस्तुत गर्दै शिक्षा,स्वास्थ्य,खानेपानी,पर्यटन तथा धार्मिक स्थल,कृषी,भौतिक पुर्वधार बिकास लगायतका बिषयहरुमा सुस्ता गाउँपालिकाले उल्लेखनिय प्रगती गरेको बताउदै यस आ ब मा गाउँपालिका भित्र रहेका २ हजार ९ सय २३ जनाले प्रथम र दोस्रो चौमासिकमा २ करोड ८२ लाख १९ हजार सामाजिक सुरक्षा भत्ता गाउँको टोल टोलमा गै बितरण गरिएको,यस आ ब फागुन मसान्त सम्म ६ सय २२ जन्म दर्ता,१ सय ७ मृत्यु दर्ता,२ सय २९ बिवाह दर्ता,३ वटा सम्बन्ध बिच्छेद दर्ता र १३ वटा बसाईसराइ दर्ता गरि जम्मा ९ सय ७४ ब्यक्तिगत घटना दर्ता भएको र ब्यक्तिगत घटना दर्ता प्रकिया अनलाइन बाट सुरु गरिएको बताए ।

साथै उपाध्यक्ष थरुनीले सुस्ता गाउँपालिकाको कार्यालयले भौतिक पुर्वधार बिकास तर्फ ९८ वटा योजनाहरुको उपभोक्ता समिती गठन भएको र त्यस मध्ये ४८ वटा योजना गाउँपालिकामा सम्झौता भएको छ भने १८ वटा योजना सम्पन्न भै भुक्तानी भैसकेको र ८ वटा योजनाहरु ठेक्का प्रकियामा गएको उनले बताए ।
सभाले स्वास्थ्य तथा सरसफाई र न्यायिक समिती कार्यबिधी कार्यन्वयन गरि २ वटा ऐन को कानुन पारित पनि भएको छ ।

सो गाउँ सभामा पत्रकार श्याम थापा,गाउँ कार्यपालिका सदस्य ज्ञान प्रसाद न्यौपाने,गाउँ कार्यपालिका सदस्य रम्भा देबी हरिजन,सुस्ता गाउँपालिका वडा न.१ का वडा अध्यक्ष अशोक कुमार चौधरी,सुस्ता गाउँपालिका वडा न.४ का वडा अध्यक्ष अशोक कुमार गुरुड्ड र सुस्ता गाउँपालिका वडा न.२ का वडा अध्यक्ष एवम गाउँपालिकाका प्रबक्ता कृष्णलाल मुखिया लगायतले सुझाव तथा शुभकामना ब्यक्त गरेका थिए ।

वि.सं.२०७५ चैत २५ सोमवार ११:४९ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...