back

सुस्ता गाउँपालिकाले गर्यो चौथौ गाउँ सभा

वि.सं.२०७५ चैत २५ सोमवार

147 

shares
NTC AD
Global IME AD

२५ चैत, सुस्ता । सुखी सुस्ताबासी र समृद्ध सुस्ताको मुल नाराको साथ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय कुडियाले चौथो गाउँ सभा सम्पन्न गरेको छ । सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेको सभा अध्यक्षयतामा भएको चौथो गाउँ सभाले ५ जना गाउँ नगर प्रहरी नियुक्ती गर्ने निर्यण पारित पनि गरेको छ ।

सभामा चालु आर्थिक बर्ष ०७५- ०७६ को प्रगती प्रतिबेदन सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले प्रस्तुत गर्दै शिक्षा,स्वास्थ्य,खानेपानी,पर्यटन तथा धार्मिक स्थल,कृषी,भौतिक पुर्वधार बिकास लगायतका बिषयहरुमा सुस्ता गाउँपालिकाले उल्लेखनिय प्रगती गरेको बताउदै यस आ ब मा गाउँपालिका भित्र रहेका २ हजार ९ सय २३ जनाले प्रथम र दोस्रो चौमासिकमा २ करोड ८२ लाख १९ हजार सामाजिक सुरक्षा भत्ता गाउँको टोल टोलमा गै बितरण गरिएको,यस आ ब फागुन मसान्त सम्म ६ सय २२ जन्म दर्ता,१ सय ७ मृत्यु दर्ता,२ सय २९ बिवाह दर्ता,३ वटा सम्बन्ध बिच्छेद दर्ता र १३ वटा बसाईसराइ दर्ता गरि जम्मा ९ सय ७४ ब्यक्तिगत घटना दर्ता भएको र ब्यक्तिगत घटना दर्ता प्रकिया अनलाइन बाट सुरु गरिएको बताए ।

साथै उपाध्यक्ष थरुनीले सुस्ता गाउँपालिकाको कार्यालयले भौतिक पुर्वधार बिकास तर्फ ९८ वटा योजनाहरुको उपभोक्ता समिती गठन भएको र त्यस मध्ये ४८ वटा योजना गाउँपालिकामा सम्झौता भएको छ भने १८ वटा योजना सम्पन्न भै भुक्तानी भैसकेको र ८ वटा योजनाहरु ठेक्का प्रकियामा गएको उनले बताए ।
सभाले स्वास्थ्य तथा सरसफाई र न्यायिक समिती कार्यबिधी कार्यन्वयन गरि २ वटा ऐन को कानुन पारित पनि भएको छ ।

सो गाउँ सभामा पत्रकार श्याम थापा,गाउँ कार्यपालिका सदस्य ज्ञान प्रसाद न्यौपाने,गाउँ कार्यपालिका सदस्य रम्भा देबी हरिजन,सुस्ता गाउँपालिका वडा न.१ का वडा अध्यक्ष अशोक कुमार चौधरी,सुस्ता गाउँपालिका वडा न.४ का वडा अध्यक्ष अशोक कुमार गुरुड्ड र सुस्ता गाउँपालिका वडा न.२ का वडा अध्यक्ष एवम गाउँपालिकाका प्रबक्ता कृष्णलाल मुखिया लगायतले सुझाव तथा शुभकामना ब्यक्त गरेका थिए ।

वि.सं.२०७५ चैत २५ सोमवार ११:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...