back

धार्मिक परम्परा निभाउँदा बालकको मृत्यु

वि.सं.२०७५ चैत २६ मंगलवार

39 

shares

२६ चैत, गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गरिएपछि अत्यधिक रक्तस्राव भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले आज बिहान त्यसतर्फ विशेष प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

वि.सं.२०७५ चैत २६ मंगलवार ०९:३३ मा प्रकाशित

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, स्वदेशमै लाखौं आम्दानी

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, स्वदेशमै लाखौं आम्दानी

गलकोट(बागलुङ) । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा...

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को...

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...