
२७ चैत, काठमाडौ । अन्तराष्ट्रिय गैरसरकारी संस्था आईएनजीओले सरकारकै अनुमतिमा क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ ।
मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृत लिई क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् ।
यसबारे लेखा समितिअन्तर्गतको उपसमितिले समाजकल्याण परिषद्, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित मन्त्रालयसँग जबाफ माग्ने भएको छ । ती संस्थाले करोडौ रुपैयाँ खर्च गरी धर्म प्रचार गरिरहेको दाबी उपसमितिको छ । क्रिस्चियन धर्म प्रचार गर्न संस्थालाई कसरी अनुमति दिइएको छ ? केही आईएनजीओले सबै हिन्दुलाई पादरी बनाउने मिसन लिएर काम गरिरहेका छन् । यस्तो काम गर्न अनुमति दिने निकायलाई नियन्त्रण गर्नुपर्छ, उपसमितिका संयोजक विरोध खतिवडाले भने । बुधबारको अन्नपुर्ण पोस्टमा गोबिन्द लुइँटेलले लेखेका छन् ।
वि.सं.२०७५ चैत २७ बुधवार ०७:३४ मा प्रकाशित






























