back
CTIZAN AD

ओलीद्वारा सगरमाथा मापनमा जाने टोलीको बिदाइ

वि.सं.२०७५ चैत २७ बुधवार

705 

shares

२७ चैत, काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन् ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गरेका हुन् । उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुन् । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेललाई पनि बिदाइ गरिएको छ ।

प्रधानमन्त्री ओलीले उक्त अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको मापन पहिलोपटक नेपालीले गर्न लागेको बताउँदै यस पटक परिणाम नै आधिकारिक हुने बताए । प्रधानमन्त्री ओलीले आरोहीहरुलाई सम्पूर्ण नेपालीको तर्फबाट शुभकामना व्यक्त गर्नुहुँदै पथप्रर्दशकको निर्देशनअनुसार सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न आग्रह गरका छन् ।

प्रधानमन्त्रीले आरोहणकार्य चुनौतीपूर्ण रहेकाले मौसम र स्वास्थ्यको अनुकूलतामा सावधानी अपनाएर अगाडि बढ्न आरोहण टोलीलाई सुझाव दिएका छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार ११:४१ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...