
२७ चैत, काठमाडौ । उद्योगपति दिवाकर गोल्छाको मंगलबार राती निधन भएको छ । भारतको चेन्नाइमा किडनी ट्रान्सप्लान्ट गरेको दुई सातामै गोल्छाको निधन भएको हो ।
नेपाली कांग्रेसबाट पहिलो संविधान सभा सदस्य समेत रहेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व उपाध्यक्ष पनि हुन् । गोल्छाका हुलास वायर, इस्र्टन सुगर मील, हुलास जस्ता र श्रीराम सुगर मील जस्ता २४ भन्दा बढि उद्योग धन्दा रहेका छन् ।
वि.सं.२०७५ चैत २७ बुधवार ११:१५ मा प्रकाशित