back
CTIZAN AD

‘डाक्टरहरुको आन्दोलनका कारण दैनिक १ लाख जनता प्रभावित’

वि.सं.२०७५ चैत २७ बुधवार

525 

shares

२७ चैत, काठमाडौं । पूर्वमन्त्री रवीन्द्र श्रेष्ठले डाक्टरहरुको आन्दोलनका कारण दैनिक झण्डै १ लाख जनता उपचारबाट बन्चित भएको बताएका छन् ।

डाक्टरहरुले आन्दोलन गरेको ६ दिन पुगिसकेको अवस्थामा सरकारमा रहेका दलहरु तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य विपक्षी दलहरुदे चासो नदेखाएको अवस्था रहेको बताएका छन् ।

‘सरकारले कानुनको प्रयोग गरेर डाक्टरहरुलाई काममा लगाउन पनि सकेको छैन । न त सरकारले वार्ता गरेर उपयुक्त समाधान निकाल्न नै सकेको छ’ उनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘ गरीव तथा निम्न मध्यम वर्गको विशाल वहुसंख्याले सेवा लिने सरकारी अस्पतालहरुको यस्तो दर्दनाक स्थिति वनिरहनु सरकारको गैरजिम्मेदार काम हो ।’

डाक्टरहरुले पनि विरामी नजाच्ने तरिका भन्दा अन्य तरिका अपनाएर सरकारलाई दवाव दिन उनले सुझाएका छन् । । डाक्टरहरुले वरु सार्वजनिक स्थानहरुमा विरामीलाइ निशुल्क जाच्ने गरेर सरकारलाई दवाव दिन सक्ने तथा यसले जनमत र सहानुभूति डाक्टरहरुको आन्दोलनले पाउने पनि उनले सुझाएका छन् ।
उनको भनाई जस्ताको तस्तै
प्रतिपक्ष पनि नालायक सावित भएको छ । देशमा प्रतिपक्ष नै नरहेको जस्तो स्थिति छ । जनताका समस्याहरु सरकारले नहेरेको समयमा प्रतिपक्षले जनताका समस्याहरु समाधानकालागि सरकारलाई विभिन्न तरिकावाट दवाव दिने गर्नु उसको कर्तव्य हो । त्यो कर्तव्यवाट प्रमुख प्रतिपक्ष च्युत भएकोछ ।

नेपालमा अन्य दलहरुपनि छन् । तर उनीहरुले पनि जनताका यस्ता समस्याहरु उठाएर विविध आन्दोलनहरु मार्फत सरकारलाई दवाव दिने र जनताका समस्याहरु समाधान गर्न लगाउने काममा जाँगर चलाउन छोडेको देखिन्छ ।

मधेश केन्द्रित दलहरुलाई मधेशका समस्या मात्रै आफ्ना जस्तो लाग्ने गर्दछ । मोहन विक्रम नेतृत्वको मसाल र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले वक्तव्य दिने र चिन्ता जाहेर गर्नेमा सीमित छ ।

विप्लव नेतृत्वको नेकपा आफ्ना नेता कार्यकर्ता माथि गिरफ्तारी र दमन भएपछि रिहाइकोलागि मात्रै नेपाल वन्द गर्ने गर्दछ, जनताका यस्ता गम्भीर समस्याहरुमा त्यस पार्टीको ध्यान कम गएको हो कि भन्ने देखिन्छ ।

सत्ता वाहिर रहेका कम्युनिष्टहरु मिलेर मोर्चा वनाई जनपक्षीय कामहरु गर्ने र जनताका समस्या समाधान गर्न सरकार र प्रतिपक्ष समेतलाई दवाव दिने गर्नु अहिलेको आवश्यकता हो । तर यसरी सत्ता वाहिर रहेका कम्युनिष्ट पार्टीहरु र अन्य पार्टीहरुको संयुक्त मोर्चा वनाउन पहल कसले गर्ने भन्ने अन्यौल देखिन्छ ।

सत्तापक्षीय पार्टी र संसदिय प्रतिपक्षी पार्टीहरुले जनताका समस्याहरुलाई वेवास्ता गरिरहेको समयमा जनपक्षीय पाटीहरुको खाँचो वढेको छ ।

वि.सं.२०७५ चैत २७ बुधवार १३:०६ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...