back
CTIZAN AD

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत खेलहरू आजदेखि शुरु

वि.सं.२०७५ चैत २७ बुधवार

651 

shares

२७ चैत, काठमाडौ । प्रदेश नं ५ मा आगामी वैशाख ५ देखि औपचारिकरूपमा उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतका पाँच खेलहरू आजदेखि शुरु हुने भएका छन् । औपचारिक उद्घाटन वैशाख ५ मा हुने भए पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि शुरु गर्न लागिएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ ।

आजदेखि दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हकी, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस शुरु हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्नेछ । उद्घाटन अघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेका छन् ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए ९गैरआवासीय नेपालीको सङ्गठन० टोली पनि पहिलोपटक सहभागी हुँदैछ । आठौँ राष्ट्रिय खेलकूदमा समग्रमा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला गरी जम्मा पाँच हजार २११ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कास्य पदकका लागि भिडन्त हुनेछ ।

आजदेखि शुरु हुने स्क्वासमा प्रदेश १, २, ३, गण्डकी र ५ तथा नेपाल प्रहरी र एपिएफ क्लबबाट २४ पुरुष र पाँच महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष र महिला सिङ्गल्स तथा पुरुष टोली इभेन्ट गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता वैशाख २ गते सम्पन्न हुनेछ ।

त्यसैगरी आजदेखि शुरु हुने हकी खेलमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । फाइनल खेल वैशाख ४ गते हुनेछ ।

महिला हकी भने चैत ३० गतेदेखि नेपालगञ्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी छ टोलीले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीहरूमा प्रदेश १, २, ३, ४ र सुदूरपश्चिम तथा नेपाल आर्मी छन् । सातौँ राष्ट्रिय खेलकूदमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल खेल वैशाख ५ गते हुनेछ ।

त्यसैगरी आजदेखि शुरु हुने लनटेनिस बुटवलमा शुरु हुँदैछ । लनटेनिसमा प्रदेश ३, गण्डकी, ५, आर्मी, एपिएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष र महिला सिङ्गल्स, डबल्स र टोली तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ ।

चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट तीन पुरुष खेलाडी संरक्षकभूषण बज्राचार्य र अमृत पौडेल दुवै अस्ट्रेलिया तथा दावा शेर्पा थाइल्यान्डले प्रतिस्पर्धा गर्ने छन् ।

आजैदेखि हुने कुस्ती खेलमा पुरुष/महिला तर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय ९आर्मी र प्रहरी० गरी नौ टोलीले भाग लिने छन् । त्यसैगरी टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय आर्मी, प्रहरी र एपिएफ बाट १२० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिङ्गल्स, डबल्स र टोली तथा मिक्स डबल्स गरी सात स्पर्धा समावेश छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार १३:११ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...