back

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत खेलहरू आजदेखि शुरु

वि.सं.२०७५ चैत २७ बुधवार

492 

shares
IME Limited
NTC AD

२७ चैत, काठमाडौ । प्रदेश नं ५ मा आगामी वैशाख ५ देखि औपचारिकरूपमा उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतका पाँच खेलहरू आजदेखि शुरु हुने भएका छन् । औपचारिक उद्घाटन वैशाख ५ मा हुने भए पनि लामो समयसम्म खेलाउनुपर्ने खेलहरू आजदेखि शुरु गर्न लागिएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ ।

आजदेखि दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्च माविमा पुरुष हकी, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस शुरु हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्नेछ । उद्घाटन अघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेका छन् ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए ९गैरआवासीय नेपालीको सङ्गठन० टोली पनि पहिलोपटक सहभागी हुँदैछ । आठौँ राष्ट्रिय खेलकूदमा समग्रमा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला गरी जम्मा पाँच हजार २११ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कास्य पदकका लागि भिडन्त हुनेछ ।

आजदेखि शुरु हुने स्क्वासमा प्रदेश १, २, ३, गण्डकी र ५ तथा नेपाल प्रहरी र एपिएफ क्लबबाट २४ पुरुष र पाँच महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष र महिला सिङ्गल्स तथा पुरुष टोली इभेन्ट गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता वैशाख २ गते सम्पन्न हुनेछ ।

त्यसैगरी आजदेखि शुरु हुने हकी खेलमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । फाइनल खेल वैशाख ४ गते हुनेछ ।

महिला हकी भने चैत ३० गतेदेखि नेपालगञ्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी छ टोलीले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीहरूमा प्रदेश १, २, ३, ४ र सुदूरपश्चिम तथा नेपाल आर्मी छन् । सातौँ राष्ट्रिय खेलकूदमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल खेल वैशाख ५ गते हुनेछ ।

त्यसैगरी आजदेखि शुरु हुने लनटेनिस बुटवलमा शुरु हुँदैछ । लनटेनिसमा प्रदेश ३, गण्डकी, ५, आर्मी, एपिएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष र महिला सिङ्गल्स, डबल्स र टोली तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ ।

चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट तीन पुरुष खेलाडी संरक्षकभूषण बज्राचार्य र अमृत पौडेल दुवै अस्ट्रेलिया तथा दावा शेर्पा थाइल्यान्डले प्रतिस्पर्धा गर्ने छन् ।

आजैदेखि हुने कुस्ती खेलमा पुरुष/महिला तर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय ९आर्मी र प्रहरी० गरी नौ टोलीले भाग लिने छन् । त्यसैगरी टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय आर्मी, प्रहरी र एपिएफ बाट १२० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिङ्गल्स, डबल्स र टोली तथा मिक्स डबल्स गरी सात स्पर्धा समावेश छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार १३:११ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...