back
CTIZAN AD

३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्नेलाई ९ महिना कैद

वि.सं.२०७५ चैत २७ बुधवार

678 

shares

२७ चैत, गाईघाट ।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा एक तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महीनाको जेलसजाय फैसला गरेको छ ।

मङ्गलबार जिल्ला न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुव्र्यवहार गर्ने १५ वर्षीय बालकलाई नौ महीनाको जेलसजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

विसं २०७५ भदौ ३० गते बालकले एक तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गरेपछि पीडितको अभिभावकको उजुरीमा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बालक विरुद्ध जिल्ला अदालतमा यौन दुव्र्यवहार विरुद्ध मुद्दा चले पनि रु ५० हजार धरौटीमा बाल तारेखमा रिहा भएका थिए ।

तर मङ्गलबार जिल्ला अदालतले बालकलाई नौ महीना जेलसजायको फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २२५ ९१० का अनुसार यौन दुव्र्यवहार गर्ने विरुद्ध डेढवर्ष जेलसजाय हुने प्रावधान रहेको र उक्त १५ वर्षीय अभियुक्त बालक भएका कारण आधा सजाय हुनेगरी नौ महीना जेल सजाय तोकेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ । बालकलाई सजाय भुक्तानी गराउन नौ महीना सुधार गृहमा पठाइने पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

वि.सं.२०७५ चैत २७ बुधवार १४:२६ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...