back
CTIZAN AD

अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस

वि.सं.२०७५ चैत २७ बुधवार

729 

shares

२७ चैत, मेलबोर्न ।  अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् ।

आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबोर्न शहरको सार्वजनिक यातायात ठप्प भएको थियो ।

विपक्षी लेबर पार्टीले मजदूरको ज्यालामा सामयिक सुधार गर्ने भन्दै चुनाव प्रचार गरिरहेको छ । पार्टीसँग आबद्ध मजदूर युनियनले अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी गरेको छ ।

सत्तारुढ लिबरल-नेसनल गठबन्धनले भने कामदारको ज्याला बढाउन कम्पनीको कर कटौती गर्नुपर्नेमा जोड दिएको छ । प्रदर्शनमा सहभागी धेरै प्रदर्शनकारीले चम्किला कपडा लगाउनुका साथै “नियममा परिवर्तन गरौं” भन्ने नारा लेखिएका ब्यानर बोकेका थिए ।

राज्यका प्रधानमन्त्री ड्यानियल एन्ड्रुले अस्ट्रेलियालीहरुले “बाँच्न सक्ने ज्याला” माग गरिरहेको बताए । “मानिसहरु क्रुद्ध भएका छन् । उनीहरु अहिले सडकमै निस्कनुपर्ने अवस्थामा पुगेका छन् ।”
यसै साताको यो दोस्रो ठूलो प्रदर्शन हो । पशुपक्षी अधिकारवादीहरुले पनि गत सोमबार आकस्मिक प्रदर्शन गरी सडक अबरुद्ध गरेका थिए ।

कतिपय लेबर पार्टीका समर्थकहरुले मुलुकभित्र बढ्दै गएको आप्रवासीका कारण रोजगारीमा असर परेको तथा न्यूनतम ज्याला बढ्न नसकेको तर्क गर्न थालेका छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार १४:१० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...