back

गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह

वि.सं.२०७५ चैत २७ बुधवार

27 

shares

२७ चैत, संयुक्त राष्ट्रसंघ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरु समक्ष गरेका छन् ।

आर्थिक तथा सामाजिक परिषद इकोसोकको युवा सम्मेलनको आठौँ सत्रको समापनका अवसरमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा लगानीको वातावरण बनाउन सके विश्वका युवाको जीवनमा नयाँ मोड आउनेछ भने ।

महासचिव गुटेरेसले गुणस्तरीय शिक्षाका क्षेत्रमा लगानी गरी युवा वर्गलाई बेरोजगार हुनबाट जोगाउनुपर्नेमा पनि जोड दिए । हाल विश्वमा युवावर्गको बेरोजगारी दर बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थाको न्यूनीकरणका लागि शिक्षाका क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको धारणा राखेका छन् ।

हाल विश्वमा कम्तीमा ६ करोड ४० लाख युवा बेरोजगार रहेका, १ करोड ४५ लाख युवा गरिबीको चपेटामा रहेका तथा करिब ६१ करोड ७० लाख युवालाई सामान्य हिसाब पनि नआउने अवस्था रहेको महासचिव गुटेरेसले बताए ।

त्यसैगरी युवती पनि ठूलो संख्यामा शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट बन्चित हुन पुगेको उनको भनाई थियो ।

उनले युवाको तुलनामा किशोरीहरुलाई बिना ज्याला काममा लगाउने गरिएको र उनीहरुले बाँच्नकै लागि बाध्य भएर श्रम गर्नु परिरहेको पनि बताए । महासचिव गुटेरेसले विश्वका कतिपय क्षेत्रमा किशोरीहरुलाई बिना ज्याला काम लगाइने र बेरोजगार युवतीको संख्या युवाको तुलनामा झण्डै दोब्बर रहेको छ भने ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकाससम्बन्धी लक्ष पूरा गर्नका लागि पनि विश्वका देशहरु, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायले युवा लक्षित गुणस्तरीय शिक्षामा लगानी गर्न आग्रह गरेका छन् ।

वि.सं.२०७५ चैत २७ बुधवार १४:३३ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...