back

अरू केटासँग सम्बन्ध बढाएको भन्दै प्रेमिकाको हत्या

वि.सं.२०७३ कात्तिक २४ बुधवार

516 

shares
GLOBAL IME AD
NTC AD

hattyya२४ कात्तिक, भक्तपुर । अरू केटासँग सम्बन्ध बढाएको आरोप लगाउँदै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले मङ्गलबार भक्तपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा बस्दै आएका १९ वर्षीय रेशम भन्ने मुक्तिनाथ लामिछाने रहेका छन् । लामिछानेले यही कात्तिक १३ गते सिन्धुपाल्चोक महाङ्काल–१ स्थायी घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्दै आएकी २३ वर्षीया सन्तोषी भन्ने एलिसा नेपालीलाई बोडेस्थित आफ्नै घरमा बोलाएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी वृत्त थिमिको संयुक्त टोलीले गरेको अनुसन्धानबाट लामिछानेले गत कात्तिक १२ गते बिहान ११ बजे आफ्नै घरमा बोलाएर काठको मुग्रोले टाउकामा हानेर एलिसाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो । गत २० गते बोडेको कच्ची सडक किनारामा बोरामा हालेको अवस्थामा एक महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेका थियो ।

लामिछानेलाई आफन्तकामा लुकेर बसेको अवस्थामा भक्तपुरबाट महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाको दिन लामिछानेले एलिसालाई फोन गरेर चाबहिलमा भेटी घरमा ल्याएर चिया खुवाएपछि आफूसँग लिएको ४० हजार रुपैयाँ फिर्ता मागेको प्रहरीको भनाइ छ ।

त्यसपछि आफूूलाई छाडेर अर्कै केटा श्याम श्रेष्ठसँग प्रेम सम्बन्ध राखेको आरोप लगाएपछि दुईबीच विवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । विवादमा आवेगमा आएर लामिछानेले दिउँसो १२ बजे घरको भ¥याङ्गमुनि राखेको काठको मुग्रोले पटक पटक टाउकामा हानेर एलिसाको हत्या गरेको लामिछानेले आफ्ना बयानमा सकारेका छन् । हत्यापछि उनले लगाएको कपडा, ब्याग र रगत भएको गलैंचा बोरामा हालेर थिमिको नीलबाराही जङ्गलमा लगेर फ्याँकेको र फर्केर लामिछानेले एलिसाको लासलाई बोरामा हालेर राति नजिकै रहेको बारीमा फ्याँकेको प्रहरीले जानकारी दिएको छ ।

गत वैशाखमा बूढानीलकण्ठस्थित एक पानी उद्योगमा सँगै काम गर्ने क्रममा यी दुईबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । गत असोज महिनादेखि एलिसाले अर्कैसँग प्रेम सम्बन्ध राखेको भन्दै लामिछानेले आक्रोश व्यक्त गर्दै आएका थिए । प्रहरीका अनुसार हत्या गरेपछि लामिछानेले मृतककै मोबाइलबाट मृतकका बाबुलाई फोन गरी आफू भारतीय नागरिक भएको र छोरी चाहिने भए डेढ करोड रुपैयाँ लिएर आउनू भन्दै फोन गरेका थिए ।

हत्यामा संलग्न लामिछानेलाई प्रहरी वृत्त थिमिले हत्या अभियोगमा मुद्दा चलाउने भएको छ । रासस

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:२४ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...