back

लोक्ताबाट जापानी नोट बन्ने भएपछि स्थानीयवासी हर्षित, १ केजीको ९० रुपैयाँ

वि.सं.२०७३ कात्तिक २४ बुधवार

447 

shares
GLOBAL IME AD
NTC AD

japaness-money

२४ कात्तिक, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने भएपछि कृषक हर्षित भएका छन् । नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसी छाएको हो ।

लोक्ताको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन थालिएको छ । परम्परागत प्रविधिमा अर्गेलीबाट काँचो कागज बनाइँदै आइए पनि पछिल्लो समय जापानिज नोट र छाला बनाउन जापानबाट अर्गेलीको माग आएपछि किसान गाँउघरमै जापानिज प्रविधिबाट अर्गेलीको कच्चापदार्थ बनाउन जुटेका हुन् ।

नोट र छाला बनाउन जापानमा नेपाली अर्गेली माग बढेकाले निर्यात सुरु भएको व्यवसायीको भनाइ छ । जिल्लाका १८ गाविसमा अर्गेली उत्पादन हुन्छ । दाजुभाइ सहकारी संस्थाको सहयोगमा ती स्थानमा जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ बनाउन सिकाउने कामसमेत भइरहेको संस्थाका अध्यक्ष ओमराज थाम्सुहाङले बताउनुभयो । अलैँची पछिको राम्रो आम्दानीको स्रोत अब अर्गेली हुने स्थानीयवासीको भनाइ छ ।

कागज बनाउनका लागि जिल्लाबाट एक सय क्युटेल अर्गेलीको कच्चापदार्थ निकासी हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । यस वर्ष जापानमा सात मेट्रिक टन अर्गेली निकासी हुने भएको छ । नब्बे रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको अर्गेली जापानले चार सय रुपैयँमा खरिद गर्नेछ । रासस

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:१७ मा प्रकाशित

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त...

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’...

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका...

आजदेखि एसइई सुरु

आजदेखि एसइई सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।...

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...