back

नयाँवर्षमा प्रमोद खरेलमय हुने भयो फिनल्याण्ड, तपाइ पनि जाने होइन त ?

वि.सं.२०७५ चैत २८ बिहीवार

84 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डले चर्चित गायक प्रमोद खरेलको उपस्थितिमा नयाँवर्ष २०७६ को भव्य स्वागत गर्ने भएको छ ।

सदाका वर्षहरुमा जस्तै यसवर्ष पनि एनआरएनए फिनल्याण्डले नयाँवर्ष २०७६ साललाई विविध सांस्कृति कार्यक्रमको आयोजना गरेर मनाउन लागेको संघका अध्यक्ष बसन्त गौतमले संसारन्युजलाई जानकारी दिए ।

अप्रिल १४ का दिन आयोजित उक्त  कार्यक्रमको मुख्य आकर्षण नेपाली सुगम संगीतका चर्चित गायक तथा ‘द भ्वाइस अफ’ का निर्णायक समेत रहेका गायक प्रमोद खरेलको विशेष प्रस्तुति रहने पनि अध्यक्ष गौतमले जानकारी दिए ।

कार्यक्रममा स्थानीय गायक नविन भट्टराई र गायिका विनिता लामिछानेको पनि प्रस्तुति रहने छ । यसका साथै स्थानीय स–साना कलाकारहरुको सुन्दर नृत्य प्रस्तुत हुने बताइएको छ ।

कार्यक्रमका लागि टिकट खरिद गर्ने दर्शकहरुका लागि चिठ्ठा कार्यक्रम पनि राखिएको छ । विजेता प्रथम, द्धितीय र तृतीयलाई आकर्षक पुरस्कार समेत राखिएको आयोजकले जनाएका छन् ।

टिकट शुल्क १५ युरो ( ७ वर्ष उमेरका लागि १० युरो र ६ वर्ष सम्मका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

टिकट सोहि दिन कार्यक्रम सुरु भन्दा १ घण्टा अघिबाट कार्यक्रमस्थलमै प्राप्त गर्न सकिने पनि आयोजकले जनाएको छ ।

वि.सं.२०७५ चैत २८ बिहीवार ०७:५३ मा प्रकाशित

प्रेस सेन्टरको प्रवास समिती गठन, अध्यक्षमा हरि नेपाली चयन

प्रेस सेन्टरको प्रवास समिती गठन, अध्यक्षमा हरि नेपाली चयन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रवासी पत्रकारको अध्यक्षमा हरि...

Annual Losar Celebration Draws Crowds in Queens, New York

Annual Losar Celebration Draws Crowds in Queens, New York

Woodside, Queens ,On February - the Tibetan Community Hall in Woodside,...

एनआरएनए केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नैरोबि, केन्या । गैरआवासीय नेपाली संघ केन्याको आयोजनामा रक्तदान कार्यक्रम...

नेपाली जनप्रगतिशील मन्च बेलायतको अध्यक्षमा विमला लिम्बु

नेपाली जनप्रगतिशील मन्च बेलायतको अध्यक्षमा विमला लिम्बु

काठमाडौं । नेपाली जनप्रगतिशील मन्च बेलायतको पाँचौ अधिबेशनले अध्यक्षमा बिमला...

एनआरएनए कार्यक्रममा भाग लिन लन्डन आइपुगिन् चित्रकार सुजाना

एनआरएनए कार्यक्रममा भाग लिन लन्डन आइपुगिन् चित्रकार सुजाना

लन्डन । युवा कलाकार, अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी...

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

अमेरिका । म्याग्दी समाज अमेरिकाको आठौं अधिवेशन सम्पन्न भएको छ...