back
CTIZAN AD

३३ किलो सुन नेपालबाट नलगिएको दाबी

वि.सं.२०७५ चैत २८ बिहीवार

705 

shares

२८ चैत, काठमाडौ । भारतीय प्रहरीले गत पुसमा बरामद गरेको ३३ किलो सुन नेपालबाट लगिएको नभई भुटानबाट ल्याइएको दाबी गरेको छ । भारतीय राजस्व अनुसन्धान विभागलाइ दिइएको जानकारीअनुसार सो परिणको सुन नेपालबाट लगिएको नभई भुटानबाट तस्करी भई भारत ल्याइएको हो । कोलकाताको राजस्व अनुसन्धान विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुषरकान्ती विश्वासले बरामद ३३ किलो सुन भुटानको बाटो हुँदै भारत भित्रिएको र सुन ल्याउने व्यक्ति पनि भारतीय नै रहेको भनी प्रतिवेदनमा उल्लेख भएको दाबी गरे ।

३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिले भने भारतमा पक्राउ परेका व्यक्ति र बरामद भएको ३३ किलो सुन नेपालबाटै लगिएको दाबी गरेको थियो । तर २०१८ डिसेम्बर ८ मा कोलकाता प्रहरीले माथिल्लो निकायमा दिएको अनुसन्धान विवरणअनुसार पक्राउ परेका राकेशप्रसाद सिंह दार्जिलिङ र हेमकुमार शर्मा भने बिहार स्थायी घर भएका व्यक्ति हुन् । राकेश र हेमकुमारपक्राउ परेपछि विघटित सुन समितिले त्यो सुन नेपालबाटै लगिएको र पक्राउ परेका व्यक्ति पनि सुन तस्कर नै भएको जनाएको थियो । बिहीबारको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

वि.सं.२०७५ चैत २८ बिहीवार ०७:५३ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...