२८ चैत, काठमाडौ । भारतीय प्रहरीले गत पुसमा बरामद गरेको ३३ किलो सुन नेपालबाट लगिएको नभई भुटानबाट ल्याइएको दाबी गरेको छ । भारतीय राजस्व अनुसन्धान विभागलाइ दिइएको जानकारीअनुसार सो परिणको सुन नेपालबाट लगिएको नभई भुटानबाट तस्करी भई भारत ल्याइएको हो । कोलकाताको राजस्व अनुसन्धान विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुषरकान्ती विश्वासले बरामद ३३ किलो सुन भुटानको बाटो हुँदै भारत भित्रिएको र सुन ल्याउने व्यक्ति पनि भारतीय नै रहेको भनी प्रतिवेदनमा उल्लेख भएको दाबी गरे ।
३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिले भने भारतमा पक्राउ परेका व्यक्ति र बरामद भएको ३३ किलो सुन नेपालबाटै लगिएको दाबी गरेको थियो । तर २०१८ डिसेम्बर ८ मा कोलकाता प्रहरीले माथिल्लो निकायमा दिएको अनुसन्धान विवरणअनुसार पक्राउ परेका राकेशप्रसाद सिंह दार्जिलिङ र हेमकुमार शर्मा भने बिहार स्थायी घर भएका व्यक्ति हुन् । राकेश र हेमकुमारपक्राउ परेपछि विघटित सुन समितिले त्यो सुन नेपालबाटै लगिएको र पक्राउ परेका व्यक्ति पनि सुन तस्कर नै भएको जनाएको थियो । बिहीबारको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
वि.सं.२०७५ चैत २८ बिहीवार ०७:५३ मा प्रकाशित