back
CTIZAN AD

दुर्घटनामा परी पोखरेली सङ्गीतकर्मी थुलुङको निधन

वि.सं.२०७५ चैत २८ बिहीवार

597 

shares

२८ चैत, कास्की । दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका सङ्गीतकर्मी श्रीमान थुलुङ राईको दुर्घटनामा परी निधन भएको भएको छ ।

बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका -१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उनी सवार ग १२ प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि थुलुङ सेती नहरमा खसेको र साढे १० बजे पोखरा-१३ स्थित दुईकुलाको मुहानबाट वडा प्रहरी कार्यालय रामबजारको टोलीले उद्धार गरेको थियो ।

प्रहरीले उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । स्कुटरमा सँगै रहेकी उनकी श्रीमती भने सकुशल छन् ।

५० वर्षीय थुलुङको निधनपछि पोखरेली सङ्गीतकर्मी शोकमा छन् । थुलुङले तराना म्युजिक सेन्टर नामक सङ्गीत प्रशिक्षण केन्द्र सञ्चालन गरेका थिए ।

वि.सं.२०७५ चैत २८ बिहीवार ०९:१३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...