back

खेलाडीलाई होटल अभाव

वि.सं.२०७५ चैत २९ शुक्रवार

24 

shares

 

राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् ।

बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन् । दुबै खेलमा देशभरबाट करीब दुई हजारदेखि दुई हजार २०० खेलसँग सम्बन्धित व्यक्ति यहाँ आएका छन् । दाङमा अन्य पाँचवटा खेलको औपचारिक उद्घाटन हुन बाँकी छ ।

जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरका अनुसार जिल्लामा आएका सबै प्रदेश र विभागीय समूहका खेलाडीलाई समितिले यहाँका विभिन्न ठूला तथा मध्यमस्तरका होटेलमा खान बस्नको व्यवस्था गरेको छ । सबै खेलाडीलाई सुविधासहितको होटलमा बसाउनका लागि मुस्किल भइरहेको छ ।

‘‘होटल थोरै भए, पाहुना धेरै भए’’ कोषाध्यक्ष रोकाले भने, “पाएक पर्ने ठाउँमा धेरै खेलाडी र खेलसँग सम्बन्धित व्यक्ति अटाउन सक्ने अवस्था छैन ।” लमही र तुलसीपुरमा हुने खेलमा त्यहाँ प्रर्याप्त होटल नहुँदा घोराही ल्याएर बसाउनुपर्ने बाध्यता छ ।

खेल खेल्नका लागि भौतिक पूर्वाधार र खेलमैदान तयार पारे पनि बाहिरबाट आउने पाहुनालाई सजिलै, सस्तो दरमा धेरै व्यक्ति राख्न मिल्ने होटल नहँुदा समस्या भएको उनको भनाइ छ । खेलकूद विकास समितिको जिम्मेवारीमा खेलाडीलाई होटेल व्यवस्थापनको काम गरिरहेका बक्सिङ प्रशिक्षक सुमन घलेका अनुसार अहिले जिल्लामा खेलाडी र खेलसँग सम्बन्धितलाई मात्र पनि जिल्लामा बस्नका लागि होटेल पुगिरहेको छैन ।

भत्ता अपर्याप्त
राष्ट्रिय खेलकूद परिषद्ले प्रतिखेलाडी खान बस्नको लागि रु एक हजार ४०० दैनिक भत्ता उपलब्ध गराएको छ तर यहाँका केही होटलले सरकारले उपलब्ध गराएको भत्ताभन्दा पनि बढी पैसा मागेपछि समस्या भएको हो ।

अहिले प्रत्येक खेलका समूहलाई यातायातको लागि बसको सुविधा दिइएको छ । एउटा खेल सञ्चालन गर्दा कम्तीमा पनि २० वटा होटेलको आवश्यकता देखिएको जिल्ला खेलकूद विकास समितिको भनाइ छ ।

समितिले दिएको तथ्याङ्कअनुसार खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायलगायत सबै प्राविधिकसहित जिल्लामा सञ्चालन हुन लागेको एथ्लेटिक्समा ४०५ जना, कराँतेमा ३६३, टेबल टेनिसमा १८४ जना, ब्याडमिन्टनको लागि २१० जनालाई जिल्लाका होटेलमा राख्नुपर्ने अवस्था छ ।

त्यस्तै बास्केटमा ३०५ जना, क्रिकेटमा ४०१, फुटबलमा २५०जनालाई होटलमा बसाउनुपर्ने छ । त्यसमा पनि खेलाडीका आफन्त, अन्य खेलप्रेमी गरेर तोकिएको भन्दा झण्डै तीन गुणा पाहुना दाङ आएका छन् । अहिले घोराहीमा रहेका करीब दुई दर्जन बढी होटेल, लजमा खेलसँग सम्बन्धित भरिभराउ छन् ।

जिल्ला होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी भने आफूहरुसँग समन्वय नभएको कारण यहाँका धेरै होटेल खाली रहेको बताउँछन् । अन्य मध्यमस्तरका धेरै होटेल पनि खाली रहेको उनी भन्छन् ।

अहिले घोराहीमा मात्रै खान, बस्नसहितको सुविधा भएको ठूला र मध्यमस्तरका ५१ वटा, तुलसीपुरमा एक दर्जन र लमही, बालुवाङमा आधादर्जन होटेल भएको उनी जानकारी दिन्छन् ।

छट्टाछुट्टै स्थानमा सात खेल हँुदै
जिल्ला खेलकूद विकास समितिले दिएको जानकारीअनुसार गत चैत २७ गतेदेखि शुरु भएको टेबलटेनिस चैत ३० गतेसम्म सञ्चालन हुँदैछ । यस्तै बुधबारदेखि शुरु भएको बास्केटबल प्रयोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।

वैशाख १ गतेदेखि ७ गतेसम्म घोराहीमा ब्याडमिन्टन खेल सञ्चालन हुनेछ भने वैशाख ५ गतेदेखि ९ गतेसम्म तुलसीपुरमा एथ्लेटिक्स् खेल सञ्चालन हुनेछ ।
तुलसीपुरमा नै वैशाख ६ गतेदेखि १० सम्म कराँते सञ्चालन हुनेछ भने घोराहीमा वैशाख ४ गतेदेखि महिला फुटबलको आयोजना हुँदैछ ।

यस्तै आउँदो वैशाख ४ गतेदेखि लमहीमा महिला क्रिकेट सञ्चालन हुनेछ । पहिलोपटक यसरी दाङमा राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेलहरुको आयोजना हुँदा यसबाट खेल पर्यटनको प्रवद्र्धनसमेत भएकामा जिल्लावासी खुशी देखिन्छन् ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १६:३१ मा प्रकाशित

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक...

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग...

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले...

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले...