back
CTIZAN AD

रसुवागढी नाकाबाट २० हजार पर्यटक

वि.सं.२०७६ वैशाख १ आइतवार

621 

shares

१ वैशाख, रसुवा ।  नेपाल चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महीनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन् ।

फ्रि भिसामा नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने १५ महीनाको अवधिमा छ हजार ५८१ पुगेको छ । यसैगरी चीनको भूभागमा अवस्थित पवित्र तीर्थ मानसरोवर जाने तीर्थयात्रुले प्रयोग गर्ने मार्ग हुम्ला जिल्लाको हिल्सा अलावा उत्तरीमार्ग प्रयोग गरी हालसम्म सात हजार २४७ भारतीय यात्रु रसुवागढी नाका प्रयोग गरी मानसरोवर जाने तीर्थयात्रुको आगमन वैशाखबाट शुरु हुने अध्यागमन कार्यालयले जनाएको छ ।

विसं २०७४ भदौ १६ गतेबाट रसुवागढी नाका अन्तर्राष्ट्रियमार्गको रुपमा मान्यता पाएपछि पर्यटकको ओहोरदोहोर हुन थालेको बताउँदै अध्यागमन प्रमुख घर्तीले ओहोरदोहोर गर्ने पर्यटकको सुविधाका लागि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म अध्यागमन कार्यालयले सेवा सञ्चालन गर्ने जानकारी दिएका छन् ।

सीमाक्षेत्रका बासिन्दाले नेपाल केरुङ ओहोरदोहोर गर्न पाउने स्थायी परिचयपत्र लिने रसुवावासीको सङ्ख्या चैत्र मसान्तसम्म १० हजार २३७ पुगेकोे बताइएको छ ।

चिनियाँबाहेक अन्य देशका पर्यटकबाट भिसा शुल्कवापत सन् २०१८ देखि हालसम्म रु ८६ लाख ६७ हजार ८८७ राजश्व जम्मा भएको छ । कार्यालयमा जानकारीको अभाव, उपयुक्त उपकरण र पूर्वाधारको उचित व्यवस्था हुन नसकेको भए पनि मौजुदा दुई कर्मचारीले सेवा दिइरहेको अध्यागमन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, काम गर्ने स्थान गहिरो खोच, हावा र सवारीसाधनले उडाउने धुलोले हुने असरलाई समेत कुनै प्रवाह नगरी सबैलाई निरन्तरता दिइएको प्रमुख घर्तीले बताएका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार १०:१७ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...