back

रसुवागढी नाकाबाट २० हजार पर्यटक

वि.सं.२०७६ वैशाख १ आइतवार

39 

shares

१ वैशाख, रसुवा ।  नेपाल चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महीनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन् ।

फ्रि भिसामा नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने १५ महीनाको अवधिमा छ हजार ५८१ पुगेको छ । यसैगरी चीनको भूभागमा अवस्थित पवित्र तीर्थ मानसरोवर जाने तीर्थयात्रुले प्रयोग गर्ने मार्ग हुम्ला जिल्लाको हिल्सा अलावा उत्तरीमार्ग प्रयोग गरी हालसम्म सात हजार २४७ भारतीय यात्रु रसुवागढी नाका प्रयोग गरी मानसरोवर जाने तीर्थयात्रुको आगमन वैशाखबाट शुरु हुने अध्यागमन कार्यालयले जनाएको छ ।

विसं २०७४ भदौ १६ गतेबाट रसुवागढी नाका अन्तर्राष्ट्रियमार्गको रुपमा मान्यता पाएपछि पर्यटकको ओहोरदोहोर हुन थालेको बताउँदै अध्यागमन प्रमुख घर्तीले ओहोरदोहोर गर्ने पर्यटकको सुविधाका लागि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म अध्यागमन कार्यालयले सेवा सञ्चालन गर्ने जानकारी दिएका छन् ।

सीमाक्षेत्रका बासिन्दाले नेपाल केरुङ ओहोरदोहोर गर्न पाउने स्थायी परिचयपत्र लिने रसुवावासीको सङ्ख्या चैत्र मसान्तसम्म १० हजार २३७ पुगेकोे बताइएको छ ।

चिनियाँबाहेक अन्य देशका पर्यटकबाट भिसा शुल्कवापत सन् २०१८ देखि हालसम्म रु ८६ लाख ६७ हजार ८८७ राजश्व जम्मा भएको छ । कार्यालयमा जानकारीको अभाव, उपयुक्त उपकरण र पूर्वाधारको उचित व्यवस्था हुन नसकेको भए पनि मौजुदा दुई कर्मचारीले सेवा दिइरहेको अध्यागमन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, काम गर्ने स्थान गहिरो खोच, हावा र सवारीसाधनले उडाउने धुलोले हुने असरलाई समेत कुनै प्रवाह नगरी सबैलाई निरन्तरता दिइएको प्रमुख घर्तीले बताएका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार १०:१७ मा प्रकाशित

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, स्वदेशमै लाखौं आम्दानी

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, स्वदेशमै लाखौं आम्दानी

गलकोट(बागलुङ) । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा...

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को...

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...