back
CTIZAN AD

नेपाली मिडियाले झुठा समाचार लेखेर लखेट्ने काम गरेको भन्दै देउवाको आपत्ति

वि.सं.२०७३ कात्तिक २४ बुधवार

816 

shares

sherbdeuba

२४ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले झुठा समाचार प्रसारण गरेर केहि नेपाली मिडियाले लखेट्ने काम गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।
सभापति देउवाले इन्डिया फाउन्डेसनको कार्यक्रममाका बेला मिडियामा आएजस्तो त्यस किसिमका कुनै व्यक्तिसँग आफ्नो भेटघाट नभएको समेत दावी गर्नु भयो ।
इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको कार्यक्रमपछि नयाँदिल्लीमा उच्चस्तरीय भेटघाट गरेर आज स्वदेश फर्कनुभएका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैै नेपालको राष्ट्रिय नीति एक चीन रहेको एवम त्यसप्रति आफू र आप्mनो पार्टी प्रतिबद्ध रहेको बताउदैं  भन्नुभयो– “तिब्बत चीनको अभिन्न अङ्ग हो, म एक चीनप्रति प्रतिबद्ध छु ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा दुईपक्षीय सम्बन्ध र भूकम्पपछिको पुनःनिर्माणका विषयमा केन्द्रित रहेर विचार–विमर्श भएको बताउँदै सभापति देउवाले नेपालप्रति उहाँको अत्यन्त राम्रो सद्भाव रहेको पाएँ भन्नुभयो ।

भेटका अवसरमा प्रधानमन्त्री मोदीले इमान्दार र जिम्मेवारीप्रति सजग रहेका भूपू गोर्खा सैनिकलाई समेत काममा संलग्न गराएर पुनःनिर्माणको कामलाई तीव्रता प्रदान गर्न सुझाव दिनुभएको थियो ।

नेपाल संविधान कार्यान्वयनको चरणमा रहेको हँुदा संविधानलाई सर्वस्वीकार्य बनाउन राजनीतिक सहमति जुटाउने प्रयास भइरहेको बारेमा आफूले प्रधानमन्त्री मोदीलाई बताएको जानकारी दिँदै सभापति देउवाले भन्नुभयो– ‘‘पछिल्लोपटक सार्वजनिक भएको भनिएको संविधान संशोधनको मस्यौदा पनि हुँदै होइन ।’’

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०सँग कुरा गरेर संविधान संशोधनलाई छिटो अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै सभापति देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्तविरुद्ध लगाइएको अभियोग प्रष्ट भएपछि त्यसबारे पार्टीले निर्णय गर्ने जानकारी दिनुभयो ।

सभापतिको स्वागतका लागि रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारी, नेपाली काँग्रेसका सांसद तथा कार्यकर्ता विमानस्थल पुग्नुभएको थियो ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार १०:३१ मा प्रकाशित

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय...

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...