Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली मिडियाले झुठा समाचार लेखेर लखेट्ने काम गरेको भन्दै देउवाको आपत्ति



sherbdeuba

२४ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले झुठा समाचार प्रसारण गरेर केहि नेपाली मिडियाले लखेट्ने काम गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।
सभापति देउवाले इन्डिया फाउन्डेसनको कार्यक्रममाका बेला मिडियामा आएजस्तो त्यस किसिमका कुनै व्यक्तिसँग आफ्नो भेटघाट नभएको समेत दावी गर्नु भयो ।
इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको कार्यक्रमपछि नयाँदिल्लीमा उच्चस्तरीय भेटघाट गरेर आज स्वदेश फर्कनुभएका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैै नेपालको राष्ट्रिय नीति एक चीन रहेको एवम त्यसप्रति आफू र आप्mनो पार्टी प्रतिबद्ध रहेको बताउदैं  भन्नुभयो– “तिब्बत चीनको अभिन्न अङ्ग हो, म एक चीनप्रति प्रतिबद्ध छु ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा दुईपक्षीय सम्बन्ध र भूकम्पपछिको पुनःनिर्माणका विषयमा केन्द्रित रहेर विचार–विमर्श भएको बताउँदै सभापति देउवाले नेपालप्रति उहाँको अत्यन्त राम्रो सद्भाव रहेको पाएँ भन्नुभयो ।

भेटका अवसरमा प्रधानमन्त्री मोदीले इमान्दार र जिम्मेवारीप्रति सजग रहेका भूपू गोर्खा सैनिकलाई समेत काममा संलग्न गराएर पुनःनिर्माणको कामलाई तीव्रता प्रदान गर्न सुझाव दिनुभएको थियो ।

नेपाल संविधान कार्यान्वयनको चरणमा रहेको हँुदा संविधानलाई सर्वस्वीकार्य बनाउन राजनीतिक सहमति जुटाउने प्रयास भइरहेको बारेमा आफूले प्रधानमन्त्री मोदीलाई बताएको जानकारी दिँदै सभापति देउवाले भन्नुभयो– ‘‘पछिल्लोपटक सार्वजनिक भएको भनिएको संविधान संशोधनको मस्यौदा पनि हुँदै होइन ।’’

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०सँग कुरा गरेर संविधान संशोधनलाई छिटो अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै सभापति देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्तविरुद्ध लगाइएको अभियोग प्रष्ट भएपछि त्यसबारे पार्टीले निर्णय गर्ने जानकारी दिनुभयो ।

सभापतिको स्वागतका लागि रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारी, नेपाली काँग्रेसका सांसद तथा कार्यकर्ता विमानस्थल पुग्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले