back
CTIZAN AD

नेपालले मलेसियालाई ८ विकेटले हरायो

वि.सं.२०७६ वैशाख २ सोमवार

651 

shares

२ वैशाख, काठमाडौ ।  मलेसियामा जारी आइसिसी १९ वर्षमुनि यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स युएईसँग एक रनले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेका मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको थियो । जवाफमा नेपालले १३ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेटायो ।

नेपालको जीतमा शुरुआती ब्याट्सम्यान रित गौतमले सर्वाधिक ३९ रन बनाए । ४५ बल खेलेका उनले पाँच चौका प्रहार गर्दै ३९ रनमा अविजित रहेका हुन् । त्यस्तै आसिफ शेखले २६ तथा पवन सर्राफले १९ तथा कप्तान रोहित पौडेल ६ रनमा अविजित रहे ।

बलिङतर्फ मलेसियाका साफिक स्याकिर र सुक्री मादेलीले एक-एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटिएको थियो । मलेसियाका लागि लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।

नेपालका पवन सर्राफ र कुशल मल्लले तीन-तीन विकेट लिए भने कमल सिंह ऐरीले दुई विकेट झारे । अब नेपालले आफ्नो चौथो खेल भोलि ओमानसँग खेल्नेछ । उक्त छनोट प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा प्रवेश गर्नेछन् ।

वि.सं.२०७६ वैशाख २ सोमवार १३:०८ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...