back
CTIZAN AD

पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी

वि.सं.२०७६ वैशाख २ सोमवार

666 

shares

२ बैशाख, सियोल । योनहाप उत्तर कोरियाली नेता किम जोङ-अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।

चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लागेका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ ।

स्रोतले योनहापलाई भनेको छ, “रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै छन् । त्यही समयमा दुबै नेताबीच रुसमै भेटवार्ता हुने सम्भावना छ ।”

राष्ट्रपति पुटिन आगामी अप्रिल २६-२७ मा बेइजिङमा आयोजना हुने “वान बेल्ट, वान रोड” अर्थात बिआरआईको सम्मेलनमा सहभागी हुनेछन् ।

मस्कोले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन, तर रुसको सरकारी समाचार संस्था तासले मार्चमा प्रकाशन गरेको एक समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै मस्को र प्योङयाङबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो । ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए ।

दुबै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुबै देशका वरिष्ट कुटनीतिक अधिकारीहरुको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ ।

किम जोङ-अनका अति निकट ठानिएका किम चाङ-सोनले गन मार्च १९ देखि २५ सम्म मस्को र भ्लाडिभोस्टकको भ्रमण गरेका थिए । नेता किमको विदेश भ्रमणका सन्दर्भमा सम्पूर्ण तयारीको जिम्मेवारी किम चाङले हेर्ने गरेका छन् ।

यसै महिनाको शुरुमा रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङको भ्रमण गरेका थिए । पुटिनले गत वर्ष मे महिनामै नेता किमलाई रुस भ्रमणको निम्ता दिएका थिए, तर भ्रमण हुन सकेको थिएन ।

उत्तर कोरियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुअरीको भियतनामको हनोईमा सम्पन्न वार्ता बिफल भएसँगै रुससँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएको छ ।

नेता किमले गत वर्षयता नै चीनको चार पटक भ्रमण गरिसकेका थिए । तर सन् २०११ मा सत्तामा आएपछि नेता किमले रुसको भ्रमण गरेका छैनन् ।

वि.सं.२०७६ वैशाख २ सोमवार १३:४० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...