back
CTIZAN AD

साधारण शेयर बाँडफाँट

वि.सं.२०७६ वैशाख ३ मंगलवार

1K 

shares

निजी क्षेत्रको प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर आज बाँडफाँट भएको छ ।

शेयर बिक्री प्रबन्धक नबील इन्भेष्टमेन्ट एण्ड बैंकिङका अनुसार साधारण शेयरमा आवेदन गर्ने ६९ हजार ६७० आवेदकमध्ये ६६ हजार ९५०लाई २० कित्ताका दरले शेयर प्रदान गरिएको छ । यस्तै दुई हजार ७२० लाई भने १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

कूल सदर आवेदकमध्ये ९६ प्रतिशतले २० कित्ता र तीन दशमलव नौ प्रतिशतले १० कित्ता शेयर प्राप्त गरेका छन् । साधारण शेयरमा कूल ६९ हजार ७०८ वटा आवेदन परेको थियो । यस्तै ३८ आवेदकबाट परेको दुई हजार ८०० कित्ताको माग भने रद्द भएको छ ।

कम्पनीले गत चैत २० देखि २५ गतेसम्म कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । सोमध्ये कर्मचारीलाई तीन प्रतिशत र सामूहिक लगानी कोषलाई पाँच प्रतिशत शेयर छुट्याइएको थियो । बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र सात मेगावाटको अपर खिम्ती गरी कूल १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको प्रबन्धक प्रकाश दुलालले जानकारी दिएका छन् । आयोजनाको कूल लागत तीन अर्ब १५ करोड छ । दुवै आयोजना आगामी असारमा सम्पन्न हुने बताइएको छ ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार १६:४१ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...