back
CTIZAN AD

शेयर बजारमा उत्साह : दोहोरो अङ्कको वृद्धि 

वि.सं.२०७६ वैशाख ३ मंगलवार

609 

shares

३ चैत, काठमाण्डौँ : धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०.२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार सङ्ख्या र रकममा समेत वृद्धि भएको छ । कूल १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता शेयर रु ७४ करोड २७ लाख १८ हजार ७५१ मूल्यमा खरीद बिक्री भयो ।कारोवार भएका दश उपसमूहकै आज शेयर बढेको छ । बैंकिङ २९.४१, होटल १४, विकास बैंक २०.०२, जलविद्युत् ५.८९, वित्त १०.७४, निर्जीवन बीमा ४८.९२, उत्पादन २.४६, अन्य २.९३, लघुवित्त ३५.८ र जीवन बीमा ८०.१९ बिन्दुले बढेको छ ।

कारोवार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । उक्त बैंकको रु छ करोड ७० लाख ६० हजार ५६८, एनआइसिएशिया बैंक रु चार करोड ९८ लाख २१ हजार ६३९, प्रभु बैंक रु चार करोड ५८ लाख ७९ हजार ७०१, सिभिल बैंक रु तीन करोड ३२ लाख ९३ हजार ५५८, नेपाल बैंक लिमिटेड रु तीन करोड २४ लाख ९० हजार ७१५, कुमारी बैंक रु दुई करोड ७५ लाख ७४ हजार २८४, नेपाल क्रेडिट एण्ड कमर्स बैंक रु दुई करोड ३० लाख ९१ हजार १५९, साना किसान विकास बैंक रु दुई करोड २४ लाख २० हजार ४४० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ६.५४, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९६, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५.५६, प्रभु बैंक ५.१८, सिद्धार्थ बैंकका शेयरधनीले ५.०५ प्रतिशतले कमाए ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ३.२२ प्रतिशतले गुमाए । एभरेष्ट इन्स्योरेन्स कम्पनी २.३४, समुन्नती माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक २.३०, सिनर्जी पावरका शेयरधनीले  १.९० प्रतिशतले गुमाए ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार १६:४९ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...