back

लागतभन्दा सस्तो मूल्यमा फुल

वि.सं.२०७६ वैशाख ३ मंगलवार

135 

shares
NTC AD
Global IME AD

३ चैत, काठमाण्डौँ : खपत घट्दै गएपछि व्यवसायीले घाटा व्यहोरेर लागत मूल्यभन्दा सस्तोमा फुल (अण्डा) बिक्री गर्न थालेका छन् । नेपाल अण्डा उत्पादक सङ्घले सोमबार विज्ञप्ति जारी गरी धेरै नोक्सानीमा फुल बिक्री गर्न बाध्य भएको जनाएको छ ।

सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार फुलको लागत प्रतिगोटा रु १०.५० पर्ने भए पनि कृषकले रु ६.६६ पाउने गरी मूल्य निर्धारण गरिएकाले एउटै फुलमा करीब रु ४ घाटा व्यहोर्नु परेको छ ।

कुखुरालाई आवश्यक पर्ने दाना र कच्चा पदार्थको मूल्य वृद्धि हँुदै जानु र उत्पादित फुल तथा चल्लाको मूल्यमा क्रमशः गिरावट आउनाले व्यवसायीले धेरै नोक्सानी व्यहोर्न हो । फुलको उत्पादन र खपतको अवस्थामा निकै असन्तुलन भएको जनाइएको छ ।

आजदेखि लागूहुनेगरी केही समयका लागि नेपाल अण्डा उत्पादक सङ्घले फुलको उपभोक्ता मूल्य रु १३ बाट घटाइ रु १० निर्धारण गरेको छ । नेपालमा हाल दैनिक ५० लाख फूल उत्पादन हुने गरेको छ । हालको बजार अनुसार दैनिक रु एक करोड ९२ लाख नोक्सानी सहनुपरेको कँडेलले बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतमले राज्यले समयमै यस क्षेत्रलाई सम्बोधन गर्न नसके आत्मनिर्भर व्यवसाय धरासायी हुने बताए ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार १६:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...