back
CTIZAN AD

लागतभन्दा सस्तो मूल्यमा फुल

वि.सं.२०७६ वैशाख ३ मंगलवार

690 

shares

३ चैत, काठमाण्डौँ : खपत घट्दै गएपछि व्यवसायीले घाटा व्यहोरेर लागत मूल्यभन्दा सस्तोमा फुल (अण्डा) बिक्री गर्न थालेका छन् । नेपाल अण्डा उत्पादक सङ्घले सोमबार विज्ञप्ति जारी गरी धेरै नोक्सानीमा फुल बिक्री गर्न बाध्य भएको जनाएको छ ।

सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार फुलको लागत प्रतिगोटा रु १०.५० पर्ने भए पनि कृषकले रु ६.६६ पाउने गरी मूल्य निर्धारण गरिएकाले एउटै फुलमा करीब रु ४ घाटा व्यहोर्नु परेको छ ।

कुखुरालाई आवश्यक पर्ने दाना र कच्चा पदार्थको मूल्य वृद्धि हँुदै जानु र उत्पादित फुल तथा चल्लाको मूल्यमा क्रमशः गिरावट आउनाले व्यवसायीले धेरै नोक्सानी व्यहोर्न हो । फुलको उत्पादन र खपतको अवस्थामा निकै असन्तुलन भएको जनाइएको छ ।

आजदेखि लागूहुनेगरी केही समयका लागि नेपाल अण्डा उत्पादक सङ्घले फुलको उपभोक्ता मूल्य रु १३ बाट घटाइ रु १० निर्धारण गरेको छ । नेपालमा हाल दैनिक ५० लाख फूल उत्पादन हुने गरेको छ । हालको बजार अनुसार दैनिक रु एक करोड ९२ लाख नोक्सानी सहनुपरेको कँडेलले बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतमले राज्यले समयमै यस क्षेत्रलाई सम्बोधन गर्न नसके आत्मनिर्भर व्यवसाय धरासायी हुने बताए ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार १६:५७ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...