back
CTIZAN AD

पसलेद्धारा चुइगमको लोभ देखाएर बालिकामाथि यौन दुव्र्यवहार

वि.सं.२०७६ वैशाख ४ बुधवार

486 

shares

४ बैशाख, बिर्तामोड । बिर्तामोडमा एक बालिकामाथि यौन दुव्र्यवहार भएको छ । सोमबार दिउँसो पसलमा अजिना र हाजमोला किन्न गएकी बालिकामाथि पसलवालाले चुइगमको लोभ देखाएर यौन दुव्र्यवहार गरेका हुन् ।

बालिकाले आमासँग पसलको अंकलले चुईगम दिएर भित्र लगेर संवेदनशील अंग चलाएको भनेर सुनाएकी थिइन् ।

‘छोरीले धेरै दुख्न थाल्यो भन्दै पाउडर लगाइदिन भनिन् । पाउडर लगाउँदा गुप्तांग सुन्निएको देखे,’ बालिकाकी आमाले भनिन्, ‘ छोरीलाई सोधेपछि अंकलले काखमा राखेर चलाएका कारण दुखिरहेको भनिन् ।’ घटना थाहा पाउना साथ पसल पुगेको पनि उनले बताइन् ।
पसल संचालक प्रकाश तोलाङले सुरुमा घटना अस्वीकार गरेका थिए । बालिकाले कसरी ढाट्छन भनेपछि उनले उपचार खर्च दिने र घटना बाहिर नलैजान भन्दै धम्की समेत दिएको पीडितका परिवारको गुनासो छ ।

त्यस घटनामा प्रहरीले पनि वास्ता नगरेको भन्दै पीडित बालिकालाई साँझै मनमोहन अस्पताल लगेका थिए । बालिकाको उपचारमा संलग्न डाक्टरले उनको यौनांगमा चोट लागेको र शरीरमा निलडाम रहेको बताएका छन् । उनको भद्रपुर मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

प्रहरीले २४ घण्टापछि मात्र स्वास्थ्य परीक्षण गरेको छ । सोमबार बेलुका नै घटनाबारे जानकारी पाएको प्रहरीले मंगलबार दिउसो मात्रै मेची अस्पताल पुगेर बालिकाको स्वास्थ्य परीक्षण गरेको परिवारले बताएका छन् । बिर्तामोडका डीएसपी सुवास खड्काले मिल्न दवाव दिदैं पीडित र पीडकबीच छलफलको प्रयास गरेको परिवारको भनाई छ ।

उता डिसपी खड्काले राति भएकोले जाहेरी नलिएको र जाहेरी नभइकन पीडकलाई पक्राउ गर्न उचित नहुने बताएका छन् । उनले भने, ‘तर घटना संवेदनशील लागेर घटनाको जानकारी आएको केही बेरमै हामीले पक्राउ गर्यौ ।’ उनले जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको पनि बताएका छन् ।

सोहि घटनालाई लिएर बिर्तामोडकी उपमयर पवित्रा महतारा प्रसाईले तत्काल जाहेरी लिनुपर्ने र स्वास्थ्य परीक्षण गराउनुपर्नेमा प्रहरीले लापरबाही गरेको बताएकी छन् ।
घटनामा संलग्न प्रकाश प्रहरी हिरासतमा छन् । बुधबारको अन्न्पूर्णपोष्ट दैनिकमा बिर्तामोडबाट रविन भट्टराईले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ०७:५१ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...