back
CTIZAN AD

प्रतिबन्धित इराकमा २० हजार नेपाली

वि.सं.२०७६ वैशाख ४ बुधवार

894 

shares

४ बैशाख, काठमाडौ । सरकारले प्रतिबन्ध लगाउको इराकमा २० हजार हराहारी नेपाली कामदार रहेका छन् । अवैध बाटो हुँदै इराक पुगेका नेपाली कामदारले अनेक खाले समस्या झेल्नुपरेको त्यहाँस्थित नेपाली कामदारका संगठनहरुले जनाएका छन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरुलाई मात्र फाइदा पुगेको उनीहरुले बताएका छन् ।

रोजगारीका लागि इराक पुगेका १२ जनाको २०६१ भदौमा हत्या भएलगत्तै सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । २०६७ साउन १२ मा तत्कालीन श्रम तथा यातायत व्यवस्था मन्त्रालयले इराक प्रतिबन्ध फुकुवा गरे पनि केही समयपछि प्रतिबन्ध कायम गरिएको थियो ।

प्रतिबन्ध लगाइए पनि हजारौ नेपाली महिला मानव तस्करले भर परेर भारतको बाटो हुँदै इराक पुगेका छन् । गत माघ १६ मा मात्रै भारतीय प्रहरीले म्यानमारको सीमा क्षेत्रमा पर्ने टेङनेपालबाट १४७ महिलासहित एक सय ७९ नेपालीलाई उद्धार गरेर घर पठाएको थियो । बुधबारको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ०७:५१ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...