back

लोकसेवा पास गर्न के पढ्ने, कसरी पढ्ने ? यस्तो छ सहसचिव भुसालको सल्लाह

वि.सं.२०७६ वैशाख ४ बुधवार

378 

shares

पाठ्यक्रमको संक्षिप्त परिचय
लोक सेवा आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली Integrated and Unified Examination System अनुसार राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदका लागि पाठ्यक्रम तय गरेको छ । जसलाई लिखित परीक्षा प्रथम चरण र द्वितीय चरण तथा अन्तिम चरण सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता गरी दुई भागमा विभाजन गरिएको छ । अप्राविधिक न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवाका सबै समुहको लागि निर्धारण भएको लिखित परीक्षाका अतिरिक्त नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवाका को लागि अतिरिक्त पत्र समेत थप समावेश गरिएको छ । संयुक्त र एकीकृत परीक्षा प्रणालीको आधारमा माथि उल्लिखित सेवाका सबै समुहको लागि प्रथम, द्वितीय र तृतीय पत्र/विषयको विषयवस्तु एउटै Common र अनिवार्य गरेको छ । तर चतुर्थ पत्र ऐच्छिक विषय लोक सेवा आयोगको तालिकामा दिइएका १८ वटा विषयहरु मध्ये कुनै एक विषय मात्र छनौट गर्न पाउने व्यवस्था छ । चतुर्थ पत्र ऐच्छिक विषयमा आधारित छ । लिखित परीक्षा अन्र्तगत पहिलो चरण १०० पूर्णांक र दोश्रो चरण ३०० पूर्णाकंको परीक्षा लिने व्यवस्था छ । पहिलो चरण प्रथम पत्र अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण वस्तुगत Multiple Choice Questions आधारमा गरिन्छ । जसमा सामान्य सचेतना, Aptitude test, अँग्रेजी भाषा सम्बन्धि ज्ञान जस्ता विषयवस्तु समेटिएका छन् ।

छनौटका चरणहरु
सबैभन्दा पहिले लोक सेवा आयोगको विज्ञापन अनुसार दरखास्त फाराम भरेका परीक्षार्थीहरुको पहिलो चरणको परीक्षा लिइन्छ । पहिलो चरण उत्तीर्ण गरेका प्ररीक्षार्थीले मात्र दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । दोश्रो चरणमा शासन प्रणाली, समसामयिक विषय र ऐच्छिक विषय गरी तीनवटा Examination paper समावेश गरिएको छ । यसरी दोश्रो चरणको तीन वटै Examination paper मा सफल भएका प्ररीक्षार्थीहरुमध्ये पहिलो चरण र दोश्रो चरणको अंक जोडी अधिकतम अंक प्राप्त गर्ने प्ररीक्षार्थीहरु अन्तिम चरणको लागि lEigible हुने गर्दछ । अन्तिम चरण अन्र्तगत सूचना प्रविधि सीप परिक्षण Information Technology Skifll Test, सामूहिक परीक्षण Group Test   र व्यक्तिगत अन्र्तवार्ता Individual Interview  लगायतका विषय समेटेका छन् ।
कस्ता व्यक्ति छनौट हुन सक्दछन् ।

पाठयक्रमलाई सरसर्ती हेर्दा यसले समेटेका विषयवस्तु बृहत देखिन्छ । समेटेका विषयवस्तुले घोकेर लोक सेवा आयोगको परीक्षा उतीर्ण गर्न भन्दा पनि Comprehensive knowledge भएका व्यक्तिले उतीर्ण गर्न सक्ने अवस्था रहेको छ । पहिलो पत्रमा समावेश गरिएका विषयवस्तुबाट विशेष गरी सिक्न सक्ने क्षमता र अँग्रेजी भाषाको ज्ञान भएका उम्मेदवार छनौट गर्न मद्दत पुगेको छ । दोश्रो पत्रमा समावेश गरिएका राज्य र शासन, संविधान र कानून, सार्वजनिक सेवा र सार्वजनिक व्यवस्थापन, श्रोत व्यवस्थापन र योजना तथा तेश्रो पत्रमा समावेश गरिएका सामाजिक, आर्थिक, विकास, वातावरणसँग सम्बद्ध मामिला जस्ता विषयवस्तुले सो विषयमा ज्ञान र अध्ययन समेत भएको विकास प्रशासन संचालन गर्न सक्ने दक्ष, सक्षम, प्रतिस्पर्धी उम्मेदवार छनौट गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी पाठ्यक्रमले समावेश गरेका ऐच्छिक विषयले गर्दा विश्वविद्यालयका उत्कृष्ट उम्मेदवारलाई निजामती सेवामा आकर्षित गर्ने गरेको छ भने सूचना प्रविधि सीप परिक्षण मार्पmत बदलिदो परिवेशमा निजामती सेवालाई आवश्यक पर्ने सूचना प्रविधिमैत्री उम्मेदवार छनौट हुने गरेको छ । यसरी नयाँ पाठ्यक्रमले प्रशासनको आधुनीकिकरण गर्न योग्य व्यक्ति छनौट गर्न सहयोग पु¥याएको छ ।

तयारीको रणनीति कस्तो हुनुपर्ला ?
निजामती सेवा नेपालको प्रतिष्ठित सेवा हो । देश र जनताको सेवा गर्न निजामती सेवा एउटा उत्तम विकल्प हुनुका साथै यसमा ऋबचभभच यउउयचतगलष्तथ पनि रहेको छ । त्यसैले निजामती सेवालाई आफ्नो वृत्ति विकासको आधार वनाउन चाहने व्यक्तिहरुले माथि उल्लेखित पाठ्यक्रमलाई ध्यानमा राखेर खँदिलो तयारी गर्नु जरुरी छ । परीक्षार्थीहरुले खासगरी निम्न कुरामा ध्यान दिन सके राम्रो हुनेछ ।
नियमित रुपमा अध्ययन गर्ने ।

पाठ्यक्रमका सबै विषयलाई समान महत्व दिएर अध्ययन गर्ने ।
आफ्नो क्षमतामा विश्वास राखी नआत्तिकन अध्ययनलाई जारी राख्ने ।
घोकेर पढ्नुभन्दा बुझेर पढ्ने जसले गर्दा विश्लेषणात्मक क्षमताको विकास गर्न सकिन्छ ।
बुँदाहरु सम्झिनका लागि साना साना Formula बनाएर पढ्ने ।
सम्भव भएसम्म लोक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिसँगबाट क्ष्मभब लिने ।
सम्भव भएसम्म छोटो समयका लागि ट्यूसन क्लासमा जाँदा राम्रो हुने ।
समूहमा बस्ने र छलफल गर्ने गरेमा अध्ययन थप प्रभावकारी हुने ।
अन्त्यमा,Open minded भएर धैयर्तापूर्वक अध्ययन गर्न सके अवश्य पनि सफलता हासिल हुन्छ ।

पुस्तक छनौटमा ध्यान दिनुहोस
अहिले बजारमा धेरै लेखकहरुका पुस्तकलाई पाइन्छन् । तर सबै पुस्तकहरु उत्तिकै उत्कृष्ट हुदैनन् । यसकारण बजारमा आएका पुस्तक मध्ये सेवा प्रवेशलाई धारिलो पार्न सक्ने बौद्धिक लेखकका पुस्तकलाई तपाइको छनौटमा पर्नु पर्छ । यसका लागि अग्रजहरुको सल्लाह र साथिहरुसँगको अन्र्तक्रिया प्रभावकारी हुन सक्छ ।

विषयगत विज्ञले लेखेका पुस्तकहरुमा विषयको गहीराई सम्म पुग्न सकिन्छ । यस्ता पुस्तकले तपाईको समालोचनात्मक क्षमताको विकासमा विशेष सहयोग गर्दछन् । धेरै पुस्तकहरु पढ्नु राम्रो भएपनि परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुले समयको पावदीमा रहने हुनाले सबै पुस्तक भन्दापनि विषयगत सन्दर्भका पुस्तकमा बढी ध्यान दिन जरुरी छ ।

उत्तर लेख्दा नवहकिनुहोस
धेरै परीक्षार्थीहरुले प्रश्नको उत्तर लेख्दा प्रश्नलाई राम्ररी नबुझिकनै लेख्ने बानी हुन्छ । झट्ट हेर्दा प्रश्न सोझो र सिधा देखिएपनि प्रश्न भित्रका बहु प्रश्न र विभिन्न संकेतहरुले अर्कै उत्तरको अपेक्ष गरीरहेका हुन सक्छन् । यसकारण उत्तर लेख्दा प्रश्न दोहोर्याएर पढ्नुहोस । प्रश्नले मागेको उत्तर मात्रै लेख्नुहोस । उत्तर लेख्दा उल्टो पिरामिड शैलीको अवलम्बन गर्नुहोस । प्रश्नमा मात्रै सीमीत रहनुहोस । नवहकिनुहोस, तपाईको सफलताले तपाईलाई पछ्याइरहनेछ । लेखक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका वरिष्ठ सहसचिव हुन् ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ११:१५ मा प्रकाशित

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

गोरखा । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको...

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

वीरगन्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगन्ज...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

  भोजपुर । भोजपुरका विद्यालयमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न...

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

  काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार...