back
CTIZAN AD

एक सय गोही राप्तीमा छाडियो

वि.सं.२०७६ वैशाख ४ बुधवार

909 

shares

४ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ ।

विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो । अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको उनले बताए । प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छन् ।

खड्काका अनुसार यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका गोही प्रजनन केन्द्रमा रहेका छन् । सोही प्रजनन केन्द्रमा हुर्काएर हालसम्म विभिन्न नदीमा एक हजार ४६५ गोहीलाई छाडिएको छ । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएको छ । नदीमा गोही छाड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन ।

नेपालका नदीहरूमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् । नदीहरू प्रदुषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।

सहकारीहरूको साझा पेट्रोलपम्प बन्यो

जिल्लाका २९६ सहकारीको लगानीमा भरतपुरको बाइपासरोडमा साझा पेट्रोलपम्पको निर्माणकार्य सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोलपम्प निर्माण गरिएको हो । सङ्घले पम्प निर्माणको संयोजन गरेको छ ।

सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार यही वैशाख ८ गतेबाट पम्प सञ्चालनमा आउने छ । पम्प निर्माणका लागि हालसम्म रु तीन करोड लगानी भइसकेको उनले बताए । सञ्चालनमा आउँदै गर्दा दुई ट्याङ्कर र तेल खरीद गर्दा लागत मूल्य करीब रु पाँच करोड पुग्ने उनले बताए ।

पेट्रोलपम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार एउटा सहकारीको रु २५ हजारदेखि पाँच लाखसम्म शेयर रहेको छ । अत्याधुनिक प्रविधिबाट पम्प निर्माण गरेको बताउँदै उनले पेट्रोल र डिजेल गरी एक लाख चार हजार लिटर क्षमता रहेको बताए ।

एक बिघा क्षेत्रफलमा फैलिएको पम्पमा अपाङ्गमैत्री शौचालय, भान्छाघर, ग्रोसरी, ज्याकवास, हावा भर्ने ठाउँ लगायत सबै सुविधा रहेको छ । सोही क्षेत्रमा २२ सटरसमेत निर्माण गरी यात्रुलाई सेवा दिन लागेको अधिकारीले बताए । एक वर्षअघि निर्माण थालिएकामा हालै मात्र आयल निगमद्वारा सञ्चालन अनुमति दिएपछि पम्प आउँदो साताबाट सञ्चालन गर्न लागिएको हो । निजी क्षेत्रका पेट्रोलपम्पको संस्थामा सदस्य नबन्ने र सकेसम्म सस्तो मूल्यमा इन्धन बिक्री गर्ने तयारी सङ्घले गरेको छ । चौबीसैँ घण्टा पम्प सञ्चालन गरिने जनाइएको छ ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ११:१३ मा प्रकाशित

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई...

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...