back

दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियो “पशुपतिमा सुनैको गजुर”

वि.सं.२०७६ वैशाख ४ बुधवार

42 

shares

४ बैशाख, काठमाडौ । नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको यो पहिलो म्यूजिक भिडियो हो ।
यस गीतलाई चलचित्र क्षेत्रका एक्सन डाइरेक्टर चन्द्र पन्तलेडिरेक्सन गरेका छन् ।

संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ वनाउछ भन्ने कुरा हेर्न र अनुभव दिलाउने यस भिडियो २०७६ नयाँ बर्षकै दिन पारेर बजारमा ल्याईएको छ ।

दिलिप रायमाझी र प्रियकां कार्किका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गित र संगितमा पहिलो पटक देख्न सकिन्छ ।

यस गीतलाई पहिलो नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत संगितमा आफुलाई चम्काईरहेकी गायिका मेलिना राईले स्वर दिएर संगितका पारखिहरू मनमुग्द बनाउने निश्चित छ । दुर्गा खनाल घिमिरे को शब्दलाई बसन्त सापकोटाले मिठो संगित दिएका छन ।

नेपाली तथा भोजपूरी चलचित्रमा एक्सन डिरेक्सन गरेर आफ्नो नाम चम्काउन सफल चन्द्र पन्तले पहिलो पटक म्युजिक भिडियोमा डिरेक्सन गरेर सबैको मन जित्ने प्रयास गरेका छन । भिडियोलाई अहिले का व्यस्त र सफल गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने d4 creation ले यस म्युजिक भिडियो लाई युटुव च्यानल मार्फत नयां बर्ष २०७६ को कोसेलीको रूपमा दर्शक श्रोता
को बिचमा ल्याएको छ ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ११:११ मा प्रकाशित

‘के भयो तिमीलाई’ लिएर आए जितेन लेप्चा

‘के भयो तिमीलाई’ लिएर आए जितेन लेप्चा

काठमाडौं । गायक जितेन लेप्चाको नयाँ सांगीतिक कोसेली ’के भयो...

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत...

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

  काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको...

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’...

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ...