back
CTIZAN AD

कुखुरापालकलाई जैविक सुरक्षा सचेतना

वि.सं.२०७६ वैशाख ४ बुधवार

687 

shares

४ वैशाख, काभ्रेपलाञ्चोक । केन्द्रीय राजधानी काठमाडौँ लगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रले कुखुरापालक किसानलाई जैविक सुरक्षा बायो सेक्युरिटी सचेतना अभियान थालेको छ ।

प्राविधिक संलग्न सचेतना टोलीले व्यावसायिक कुखुरापालन गर्दै आएका जिल्लाका किसानका फार्ममा पुगेर जैविक–सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै आएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताए । उनले भने, “हाम्रो प्राविधिक संलग्न टोलीले किसानको फार्ममै पुगेर जथाभावी कुखुराको खोरमा आवतजावत नगर्ने, विसङ्क्रामक डिस्इन्फेक्टेन्ट औषधि छर्ने विधि र कुखुरा हेरालुलाई समेत पर्याप्त सुरक्षा सावधानी अपनाउने विधि सिकाइरहेका छौँ ।” उनका अनुसार हालसम्म जिल्लाको कुनै पनि क्षेत्रमा बर्डफ्लुजन्य सङ्क्रमण भेटिएको छैन ।

केन्द्रले जिल्लास्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति डाइटेकको निर्देशनमा गत चैत दोस्रो साता काभे्रपलाञ्चोकको तीन नाका साँगा, नाला र मङ्गलटारमा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेकप्वाइन्ट राखेको छ ।

चेकप्वाइन्टमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटेनरी एशोसिएसनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइने गरिएको केन्द्रप्रमुख डा शाहले जानकारी दिए । चेकप्वाइन्टमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रयोगशालामा पठाइने गरिएको छ ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १०:४९ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...