back

ग्रेटर रशमोर युकेद्धारा नौमतिको धुन बजाउँदै नयाँवर्षको स्वागत

वि.सं.२०७६ वैशाख ४ बुधवार

36 

shares

लण्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी अल्डरसट (जिआरएनसी)ले विविध सांस्कृतिक कार्यक्रमका साथ नेपाली नयाँ बर्ष २०७६ मनाएको छ ।

ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेल्वासेको अध्यक्षता, महासचिव मान गुरुङको संचालन, रसमोर बरो काउन्सिलका मेयर स्टिभ मास्टरसनको प्रमुख आतिथ्यता, काउन्सिल लिडर डेबिट क्लीफोर्ड तथा एनआरएनए युके अध्यक्ष योगकुमार फगामी, ग्रेटर रशमोर नेपाली कम्युनिटीका निबर्तमान अध्यक्ष ओम थापा काउचाको बिषेश आतिथ्यता रहेको थियो ।

प्रथम नौमती बाजा गुल्मी युके समुहद्धारा सञ्चालित नौमतीको धुनबाट नववर्षको शुभसाईत गर्दै अतिथिहरूलाई स्वागत तथा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

त्यस्तै अन्य अतिथिहरुमा स्थानिय काउन्सिलर, आर्मी अफिसर, सिटिजन एडभाईजर व्युरो चिफ, रसमोर भोलियन्टर सर्भिसका डेप्लोमेन्ट मेनेजर र सिभिल सोसाइटीका पदाधिकारी, एनआरएन युकेका उपाध्यक्षहरु पुनम गुरुड्ग, सुशीला राई, शेर सुनार, तमुधी युकेका पूर्वअध्यक्ष सुर्जे रामचन्द्र गुरुङ र कमल गुरुड्ग, पूर्वअध्यक्ष साहारा युके दिलीप गुरुड्ग, शीव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङ, तमु धी युके अध्यक्ष नन्दजंग गुरुङ, साहारा युके अध्यक्ष कुमार गुरुङ, कुमार राई यायोक्खा रस्मुर शाखाका अध्यक्ष धु्रवश्री राई, लमजुड्ग समाज युकेका अध्यक्ष भोगत गुरुड, गोरखाली गुरुङ समाज युकेका अध्यक्ष फडकजीत गुरुङ र गोर्खा आमा समुहकी अध्यक्ष तारा गुरुङ रहेका थिए ।


रसमोर नेपाली कम्युनीटीका पुर्व अध्यक्ष मधुकर गुरुङ, पूर्व नेपाल प्रहरी परिवार फोरम युकेका अध्यक्ष बाचस्पति रेग्मी, एसियन महिला एसोसीयसन अध्यक्ष अमीता बेलवासे, सृजनसील समाज युकेका अध्यक्ष भक्त दर्जी लगायतको पनि आतिथ्यता रहेको थियो ।

नेपालीहरूको बाक्लो बसोवास रहेको ठाउ तर स्थानीय नेपालीहरूको खासै उत्साहजनक सहभागीता नभए पनि बिशिस्ठ व्यक्तित्वहरू बिट्रिस कम्युनिटी को भने बाकलो उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिआरएनसीका अध्यक्ष जिव बेल्वासेले आफूहरुले नेपाली संस्कार बचाउनका लागि मात्र नयाँ बर्ष मनाउन लागिएको बताए । उनले प्रमुख अथिति, अथिति, बिभिन्न संघ संस्थाका प्रतिनिधि र उपस्थित महानुभावप्रति नयाँबर्षको शुभकामना सँगसँगै उपस्थिती भै कार्यक्रम सफल बनाइदिएकोमा सबैलाई धन्यवाद दिए ।

त्यस्तै कार्यक्रमलाई सफल बनाउन बिषेश भुमिका खेलेका कार्यक्रम संयोजक नेपालबाट आयका कलाकारद्वय, संगितप्रेमीहरु, कार्यसमितिका साथीहरु र उपस्थित महानुभावहरुलाई बिषेश धन्यवाद दिएका थिए ।

लोकप्रिय गायक मदन परियार र गायिका सुनिता परियारले बिभिन्न चर्चित गीत गाएर भरपुर मनोरन्जन दिलाएका थिए । अहिलेको चर्चित गीत ‘सालको पात टपरी हुने’ लगायतका गीतहरु गायर सबैलाई नचाएका थिए ।

त्यस्तै कार्यक्रममा क्या. वीर बहादुर थापा, रोहित गुरुङ, सुस्मा गुरुङ, रमा बानियाँ र प्रभु गुरुङ समेतले नृत्य प्रस्तुत गीतहरु गाएका थिए । दिनेश गुरुङ बाँसुरी, पहलसींह थापा किबोर्ड तथा बाँसुरी, मिन गुरुङ मादल, तुलसी राना तबला तथा किबोर्ड, मदन गुरुङ गितार र भिम थापाले हार्र्माेनियम बजाएर नेपाली लोकबाजा सहित लाईभ म्युजिक प्रस्तुत गरेका थिए ।

सांगितिक माहोलमा सम्पन्न कार्यक्रममा कलाकारहरु शुवास गुरुङ, प्रभु गुरुङ, पुष्पा गुरुङ र मोलिका गुरुङको बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै स्थानिय नेपाली कलाकारहरु कल्पना थापा, अदिति गुरुङ, ओशिन गुरुङ, जेशिका क्षेत्री, दिया केसी, जेशिका बेल्वासे, नेल राई, अंगिता गुरुङ, जििस्मन केसी, शौरभ गुरुङ, सुरज गुरुङ, जस्मिन केसी, रेबिका श्रेष्ठ, सहारा गुरुङ र मोलिमा गुरुङ लगायतले समेत बिभिन्न नेपाली गीतमा आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रथम गुल्मी जिल्ला नौमती बाजा समुहले नौमतीको धुनले पाहुनाहरुलाई स्वागत गरेका थिए भने कृष्ण देव गुरुङ डिजे र मिलन तमु फोटोग्राफी, नेपाल ब्रिटेन डटकमका सम्पादक चीरन शर्मा, गोरखा अनलाईनका सम्पादक नरेन्द्र बस्नेत, एफएनजे युकेका सचिव पुर्ण गुरुङ, शीतलपाटीन्युज डटकमका प्रतिनिधीको महत्वपूर्ण भूमिका र उपस्थीति रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन बिभिन्न ब्यक्ति, संघसंस्था, उघोगी र ब्यापारीहरुले स्पोन्सर गर्नुका साथै कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा, सचिव युवन गुरुङ र कोषाध्यक्ष टोप पल्ली लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले कार्यक्रम सफल बनाउन महत्वपुर्ण जिम्मेवारी निभाएका थिए ।

सोहि अवसरमा सांस्कृतिक सचिव दिनेश गुरुङ र महिला फोरमकी संयोजक लिला सेलिङग माबोले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रमको संचालन गरेका थिए ।

नयाँ बर्षलाई नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुले पनि बिषेश महत्वका साथ सदा झैँ यस बर्षपनि सांगितिक कार्यक्रमका साथ मनाइएको हो । ग्रेटर रस्मुर नेपाली कम्युनिटि नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएको अल्डरसट र फार्नबोरोमा रहेका नेपालीहरुको साझा संस्था हो ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १३:३० मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...