५ बैशाख, जुम्ला । तातोपानी गाउँपालिकामा बेरोजगार तथ्यांक संकलन जारी छ । तथ्यांकअनुसार ३ हजारभन्दा बढी युवायुवती बेरोजगार छन् । गाउँपालिकाकी रोजगार संयोजक विमला हर्मा बेरोजगारीको यकिन तथ्यांक आउन बेही समय लाग्ने बताउँछिन् ।
बेरोजगार युवायुवतीलाई बिनाब्याज ऋण उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । पालिकाको नीतिले कामको खोजीमा भौतारिँदै आएका र लगानी अभावमा बसिरहेका बरोजगार युवायुवती खुसी भएका छन् । तर, उक्त ऋण लिन सहजै पाउनेमा भने उनीहरु ढुक्क छैनन् ।
बढ्दो बरोजगारी समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले निव्र्याजी ऋण दिने व्यवस्था गरेको छ । निब्र्याजी ऋण कार्यविधि अनुमोदन गरी कार्यान्वयनमा ल्याउने जिल्लाका ८ स्थानीय तहमध्ये तातोपानी पहिलो हो । गाउँपालिकाको हिउँदे गाउँसभाबाट निब्र्याजी ऋणबाट सीप, जाँगर र क्षमतावान बेरोजगार युवायुवती लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईँले बताए । बिहीबारको अन्नपुर्ण पोस्ट दैनिकमा नन्दराज जैसीले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ५ बिहीवार ०७:२५ मा प्रकाशित