
५ बैशाख,सोलुखुम्बु । बैशाख १ गते बिहान तेन्जिङ हिलारी विमानस्थल लुकलाबाट पर्यटक लिन रामेछापको मन्थलीतर्फ उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट अनियन्त्रित हँुदै हेलिपार्किङमा रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर तीन जनाको मृत्यु भएको घटनाले सरोकारवालाहरु झस्किएका छन् । सरोकारवालाहरुले यसको विकल्पको खोजी पनि थालेका छन् ।
समुद्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् ।
अन्तिम अवस्थामा अवतरण सुरक्षित नमानिए लुक्ला विमानस्थलमा विमानलाई सिधा अगाडि वा दायँबायाँ मोड्न नसकिने हवाई सम्बन्धी जानकारहरुको भनाइ छ । बिहीबारको नागरिक दैनिकबाट ।
वि.सं.२०७६ वैशाख ५ बिहीवार ०७:४८ मा प्रकाशित






























