५ बैशाख, गुल्मी । छत्रकोट गाउँपालिका ६ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका ५ बतासे बस्ने ४१ वर्षीय अमीर मियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका ४ दिगाम भन्ने स्थानको मान्छे नभएको घरमा बालिकालाई लगि जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खज्र्याङबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा मियालाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ ।
वि.सं.२०७६ वैशाख ५ बिहीवार १५:४८ मा प्रकाशित