back
CTIZAN AD

‘शिशु स्याहार केन्द्र’ प्रहरी अस्पतालमा स्थापना

वि.सं.२०७६ वैशाख ५ बिहीवार

738 

shares

५ वैशाख, काठमाडौ ।  नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ ।

नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भिआइपी कक्ष’को उद्घाटन गरेका थिए ।

विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले १५० श्यया रहेको छ ।

सो अवसरमा महानिरीक्षक खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवासुविधा भन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरेका छन् । “अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन् राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्,” उनले भने । उनले व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्ट रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन् ।

महानिरीक्षक खनालले प्रहरी अस्पताललाई अरू अस्पतालभन्दा उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न मन, वचन र कर्मले काम गर्न सबै अस्पतालका चिकित्सक तथा कर्मचारीलाई निर्देशनसमेत दिए ।

अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिएका थिए ।

अस्पतालले समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बारा-पर्सामा भर्खरै गएको हावाहुरीबाट घाइते जनताको उपचार, काठमाडौँका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए ।

नेपाल प्रहरी र नेपाल प्रहरीका आश्रित परिवारलाई उपचार गर्दै आएको अस्पतालले गत वर्षदेखि सर्वसाधारण जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले विसं २०७४ चैतदेखि २०७५ फागुनसम्म एक लाख ५१ हजार ७२६ प्रहरी कर्मचारी, प्रहरी कर्मचारीका आश्रित परिवार र सर्वसाधारणलाई उपचार गरेको जनाएको छ ।

प्रहरी अस्पतालले आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिए ।

यस्तै अस्पतालले वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, वार्षिकोत्सव पूजा र बिरामीलाई फलफूल वितरणसमेत गरेको डा पाठकले जानकारी दिएका छन् ।

नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष प्रमिला खनालले अस्पतालका प्रमुख डा थापालाई अस्पतालमा प्रयोग हुने तन्ना र तकियाको खोल प्रदान गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले प्रदान गरेको रु एक करोड ५० लाखको थैली अस्पतालका प्रमुख डा थापालाई हस्तान्तरण गरेका थिए ।

उहाँले अस्पतालबाट वार्षिक रुपमा प्रकाशन हुँदै आएको ‘आरोग्य दर्पण–२०७५’ को विमोचनसमेत गरे । अस्पतालमा रहेर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो

वि.सं.२०७६ वैशाख ५ बिहीवार १५:५३ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...