Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

 तेल बनाएर रक्तचन्दनको तस्करी,प्रतिलिटर रु एक लाख



२५ कात्तिक, काठमाडौँ । रक्तचन्दन काठको तस्करीमा कडाइ गरेपछि पछिल्लो पटक पावडर (धुलो) का रुपमा तस्करी हुँदै आएको रक्तचन्दन अहिले तेलका रुपमा तस्करी हुन थालेको छ ।

यसको पछिल्लो घटनाका रुपमा नेपाल प्रहरीले बुधबार राजधानीको कीर्तिपुरबाट ९० लिटर रक्तचन्दनको तेलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पाँचवटा ग्यालेनमा रक्तचन्दनको तेलसहित प्रहरीले त्रिभुवन विश्वविद्यालयको मूल गेटनजिकबाट ग्राहकको खोजीमा रहेका काभ्रेका फणीन्द्र भट्टराई र खोटाङका चन्द्रकुमार केसीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रहरी नायब उपरीक्षक डा मेखराज खत्रीले जानकारी दिनुभयो ।

प्रहरीको बयानमा दुवै अभियुक्तले उक्त तेल कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भन्ने सम्बन्धमा कुनै जानकारी नभएको र आफूहरु बीचको मान्छे भएको बताएका छन् । प्रहरीले दुवै जनालाई प्रतिलिटर रु एक लाखमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ग्राहक बनेर पक्राउ गरिएको जनाएको छ ।

तेलसहित दुवैलाई वुधबार आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँमा पठाइएको प्रनाउ खत्रीले जानकारी दिनुभयो ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन