back
CTIZAN AD

 तेल बनाएर रक्तचन्दनको तस्करी,प्रतिलिटर रु एक लाख

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

816 

shares

२५ कात्तिक, काठमाडौँ । रक्तचन्दन काठको तस्करीमा कडाइ गरेपछि पछिल्लो पटक पावडर (धुलो) का रुपमा तस्करी हुँदै आएको रक्तचन्दन अहिले तेलका रुपमा तस्करी हुन थालेको छ ।

यसको पछिल्लो घटनाका रुपमा नेपाल प्रहरीले बुधबार राजधानीको कीर्तिपुरबाट ९० लिटर रक्तचन्दनको तेलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पाँचवटा ग्यालेनमा रक्तचन्दनको तेलसहित प्रहरीले त्रिभुवन विश्वविद्यालयको मूल गेटनजिकबाट ग्राहकको खोजीमा रहेका काभ्रेका फणीन्द्र भट्टराई र खोटाङका चन्द्रकुमार केसीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रहरी नायब उपरीक्षक डा मेखराज खत्रीले जानकारी दिनुभयो ।

प्रहरीको बयानमा दुवै अभियुक्तले उक्त तेल कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भन्ने सम्बन्धमा कुनै जानकारी नभएको र आफूहरु बीचको मान्छे भएको बताएका छन् । प्रहरीले दुवै जनालाई प्रतिलिटर रु एक लाखमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ग्राहक बनेर पक्राउ गरिएको जनाएको छ ।

तेलसहित दुवैलाई वुधबार आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँमा पठाइएको प्रनाउ खत्रीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:१५ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...