Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सैँतीस जिल्ला मानव बेचबिखन जोखिममा



२५ कात्तिक, काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी गत बर्ष तिन सय ७६ वटा समाचार प्रकाशन भएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटबिन) ले नेपालवाट प्रकाशित विभिन्न राष्ट्रिय दैनिकमा छापिएका समाचारको अध्ययनगर्दा सो तथ्य बाहिर ल्याएको हो । कान्तिपुर, काठमाडौँ पोष्ट, द हिमालयन टाइम्स, समाचारपत्र, राजधानी, नागरिक र गोरखापत्रमा गत बर्ष प्रकाशित मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी समाचारको समीक्षा गरी तयार पारिएको सो प्रतिवेदन यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

अनुसन्धानकर्ता प्रवेश पोखरेलको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनमा सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्यूठानलगायत ३७ जिल्ला मानव बेचबिखन जोखिममा रहेका छन् ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय मानव बेचबिखन शाखाका अधिकृत सानुनानी अधिकारीले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध सरकारले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारी र पत्रकार रुपा शर्माले मानव बेचबिखन तथा ओसारपसार कार्य गम्भीर प्रकृतिको अपराध भएको र त्यस्ता अपराधीलाई कडा कारबाही गर्नुपर्ने बताउँदै समाजमा पीडित पक्षले प्रतिष्ठाका लागि उजुरी गर्न डराउने हुँदा के–कति खतरामा छन् भनेर तथ्याङ्क सङ्कलन गर्न कठिन रहेको धारणा व्यक्त गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ