back
CTIZAN AD

सैँतीस जिल्ला मानव बेचबिखन जोखिममा

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

1.1K 

shares

२५ कात्तिक, काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी गत बर्ष तिन सय ७६ वटा समाचार प्रकाशन भएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटबिन) ले नेपालवाट प्रकाशित विभिन्न राष्ट्रिय दैनिकमा छापिएका समाचारको अध्ययनगर्दा सो तथ्य बाहिर ल्याएको हो । कान्तिपुर, काठमाडौँ पोष्ट, द हिमालयन टाइम्स, समाचारपत्र, राजधानी, नागरिक र गोरखापत्रमा गत बर्ष प्रकाशित मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी समाचारको समीक्षा गरी तयार पारिएको सो प्रतिवेदन यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

अनुसन्धानकर्ता प्रवेश पोखरेलको संयोजकत्वमा तयार गरिएको प्रतिवेदनमा सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्यूठानलगायत ३७ जिल्ला मानव बेचबिखन जोखिममा रहेका छन् ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय मानव बेचबिखन शाखाका अधिकृत सानुनानी अधिकारीले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध सरकारले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारी र पत्रकार रुपा शर्माले मानव बेचबिखन तथा ओसारपसार कार्य गम्भीर प्रकृतिको अपराध भएको र त्यस्ता अपराधीलाई कडा कारबाही गर्नुपर्ने बताउँदै समाजमा पीडित पक्षले प्रतिष्ठाका लागि उजुरी गर्न डराउने हुँदा के–कति खतरामा छन् भनेर तथ्याङ्क सङ्कलन गर्न कठिन रहेको धारणा व्यक्त गर्नुभयो ।

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:१३ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...