back
CTIZAN AD

रुमानी आरोहीद्वारा पिक–५ को पहिलोपटक साहसिक आरोहण

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

1.2K 

shares

pick5मकालुको पूर्वी उत्तर क्षेत्रमा पर्ने (६, ४२१ ) मिटर अग्लो पिक–५ को पहिलो पल्ट साहसिक आरोहण भएको छ ।

रुमानियाका दुई नागरिक भ्लाड कप्सन र जेसोल्ट टोर्कले पहिलो पटक पिक–५ आरोहण गरेका हुन् । उनीहरुले कात्तिक १५ (अक्टोबर ३१) का दिन दिउँसो २ बजेर १० मिनेटमा सफल आरोहण गरेका थिए ।

सरकारले सन् २००३ मा ‘अन क्लाइमेड’ पिक–५ का रुपमा यो चुलीलाई सूचीकृत गरेको थियो । योजस्ता १०० बढी अप्ठ्यारा नचडिएका पिक सूचीकृत भए पनि यो बीचमा धेरै पिक आरोहण भएको र तीनको नामाकरणसमेत नभएको बताइन्छ ।

स्नोवे होराइजन ट्रेक्स एन्ड एक्सिपीडिसन कम्पनीबाट गएको रुमानी टोलीले पहिलो पटक अप्ठ्यारो पिक आरोहण गरेको कम्पनीका सञ्चालक बोधराज भण्डारीले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रुमानी आरोहीद्वय कप्सन र टोर्कले युवा आरोही टिमले पहिलो पटक पिक आरोहण गर्न पाउँदा अत्यन्तै खुसी र गौरव महशुश गरेको भन्दै यसले पर्वतीय पर्यटनमा विश्वभर सकारात्मक सन्देश प्रवाह हुने धारणा राख्नु भयो ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले आरोहणका सबै कागजात अध्ययन भइरहेकाले चाँडै आरोहण प्रमाणपत्र दिइने जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले हालसम्म नचढिएको (भर्जिन पिक) आरोहण सफलतासँगै पर्वतीय पर्यटनमा नयाँ आयाम थपिएको बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:१० मा प्रकाशित

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...