Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

रुमानी आरोहीद्वारा पिक–५ को पहिलोपटक साहसिक आरोहण



pick5मकालुको पूर्वी उत्तर क्षेत्रमा पर्ने (६, ४२१ ) मिटर अग्लो पिक–५ को पहिलो पल्ट साहसिक आरोहण भएको छ ।

रुमानियाका दुई नागरिक भ्लाड कप्सन र जेसोल्ट टोर्कले पहिलो पटक पिक–५ आरोहण गरेका हुन् । उनीहरुले कात्तिक १५ (अक्टोबर ३१) का दिन दिउँसो २ बजेर १० मिनेटमा सफल आरोहण गरेका थिए ।

सरकारले सन् २००३ मा ‘अन क्लाइमेड’ पिक–५ का रुपमा यो चुलीलाई सूचीकृत गरेको थियो । योजस्ता १०० बढी अप्ठ्यारा नचडिएका पिक सूचीकृत भए पनि यो बीचमा धेरै पिक आरोहण भएको र तीनको नामाकरणसमेत नभएको बताइन्छ ।

स्नोवे होराइजन ट्रेक्स एन्ड एक्सिपीडिसन कम्पनीबाट गएको रुमानी टोलीले पहिलो पटक अप्ठ्यारो पिक आरोहण गरेको कम्पनीका सञ्चालक बोधराज भण्डारीले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रुमानी आरोहीद्वय कप्सन र टोर्कले युवा आरोही टिमले पहिलो पटक पिक आरोहण गर्न पाउँदा अत्यन्तै खुसी र गौरव महशुश गरेको भन्दै यसले पर्वतीय पर्यटनमा विश्वभर सकारात्मक सन्देश प्रवाह हुने धारणा राख्नु भयो ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले आरोहणका सबै कागजात अध्ययन भइरहेकाले चाँडै आरोहण प्रमाणपत्र दिइने जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले हालसम्म नचढिएको (भर्जिन पिक) आरोहण सफलतासँगै पर्वतीय पर्यटनमा नयाँ आयाम थपिएको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।