back
CTIZAN AD

सिसिटिभीको निगरानीमा बसुन्धरा

वि.सं.२०७६ वैशाख ८ आइतवार

561 

shares

८ बैशाख, काठमाडौं । सुरक्षालाई थप मजबुत बनाउनका लागि बसुन्धराका २० स्थानमा सिसिटिभी जडान गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सङ्गम क्लवको सहयोगमा महाराजगंजस्थित बसुन्धरा नजिक संगम टोलमा करिब १३ लाख रुपैयाँको लागतमा २० स्थानमा सिसिटिभी शनिबार जडान गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले सिसिटिभीको उद्घाटन गर्दै प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारीलाई अगाडि लैजान सिसिटिभी जडानले सहयोग पुगेको बताए । उनले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको उल्लेख समेत गरेका छन् ।

कार्यक्रममा सङ्गम क्लबका अध्यक्ष हिक्मत शेरचनले शान्तिपूर्ण समाज निर्माणमा सहयोग र्पुयाउनका लागि क्लबले सिसिटिभी जडान गरेको जानकारी दिएका छन् ।

सिसिटिभीको महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारमा कन्ट्रोल कक्ष राखिएको छ । सिसिटिभी जडानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंजले १ लाख ५० हजार आर्थिक सहयोग गरेको थियो ।

वि.सं.२०७६ वैशाख ८ आइतवार १३:०२ मा प्रकाशित

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...