back
CTIZAN AD

८ लाख बराबरको मरिच सहित एक युवा पक्राउ

वि.सं.२०७६ वैशाख ८ आइतवार

633 

shares
फाइल:फोटो

८ बैशाख, सप्तरी । झण्डै ८ लाख बराबरको मरिच सहित एक युवा पक्राउ परेका छन् ।

छिन्नमस्ता गाउँपालिका ३ स्थित नेपाल भारत सिमाना दशगजा नजिकबाट अवैध रुपमा बिक्री वितरणको लागि लैजाँदै गरेको करिव अवस्थामा पक्राउ गरिएको हो ।

८ लाख रुपैयाँ मूल्य बराबरको मरिच बोकेका सुनसरी छिटाहाका २८ बर्षीय सुन्दर सुतिहारलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सखडा, सप्तरीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को.१ च ९०३९ नम्वरको पिकअप भ्यानलाई जाँच गर्दा भ्यानभित्र २५ किलोको १ सय बोरा मरिच फेला पारी सवारी साधन सहित चालक सुन्दरलाई पक्राउ गरेको हो ।

पक्राउ सुन्दर सहित बरामद गरिएको उक्त परिमाणको मरिच र मरिच बोक्न प्रयोग गरिएको सवारी साधनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

वि.सं.२०७६ वैशाख ८ आइतवार १३:०८ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...