back

सुन्तलाका दाना टिप्ने मेसिन पनि बन्यो, भुँइबाट टिप्न मिल्ने

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

690 

shares
GLOBAL IME AD
NTC AD

orange

कृष्ण दर्नाल,२५ कात्तिक पाल्पा । सुन्तलाका दाना टिप्ने समस्या खेप्दै आएका यहाँका किसानले सुन्तलाका दाना टिप्ने मेसिन प्रयोग गर्न थालेका छन् ।

सुन्तला टिप्न मेसिनको प्रयोगले अब भुइँबाट नै प्रत्येक सुन्तलाका दाना टिप्न सकिने भएको हो । यस मेसिनको प्रयोगले अब रूखमा चढिरहनुपर्ने झन्झटिलो कामबाट यहाँका किसानलाई राहत मिलेको छ ।

चापपानी–८ चिलाङ्दीमा सञ्चालित विश्वकर्मा कृषि औजार निर्माण केन्द्रले सुन्तला टिप्ने मेसिन उत्पादन गरेपछि यस भेगका सयौँ सुन्तला उत्पादन गर्ने किसानलाई ठूलो राहत मिलेको हो ।

सुन्तलाको रूखमा चढ्दा भुइँमा लडिने समस्या रहँदै आएकोमा मेसिनको प्रयोगपछि मानिस अझै सुरक्षित हुन थालेको बताउँछन् । पहाडी जिल्ला पाल्पा सुन्तला उत्पादनका लागि नमुना क्षेत्र बन्दै गएको छ ।

कृषि औजार निर्माण केन्द्रका सञ्चालक खुमबहादुर विश्वकर्माका अनुसार गोलो आकार भएको मेशिनमा रहेको फलामको भित्री धारिलो भागले सुन्तलाको दाना तान्दा हाँगाबाट काटिएर सुन्तला त्यसको पछाडि रहेको जालीमा अडिने गर्दछ ।

सुन्तलाको रूखअनुसार लौरो फिट गरेपछि आफ्नो आवश्यकताअनुसार लामो तथा छोटो आकार बनाउन सकिने विश्वकर्माको भनाइ छ । सुन्तला उत्पादन गर्ने किसान हरि बस्यालका अनुसार आवश्यकतानुसार लौरो फिट गरेर सुन्तलामा मेसिन अडाएर तान्दा सुन्तला जालीमा सङ्कलन हुने बताउनुहुन्छ ।

यस मेसिनको जिल्लाको खानीगाउँ, यम्घा, चापपानी, दर्लम, छहरालगायत गाविसमा ठूलो मात्रामा माग हुँदै आएको छ । सुन्तला टिप्ने मौसम भएकाले अहिले दैनिक २० थानभन्दा बढी विक्री हुँदै आएको छ ।

सुन्तला टिप्ने मेसिनको मूल्य सस्तो भएकाले यो मेसिन प्रयोग गर्नेहरु बढ्दै गएकाछन् । स्थानीय बजारमा प्रतिमेसिन तीन सय रुपैयाँमा बिक्री हुँदै आएको सञ्चालक विश्वकर्मा बताउनुहुन्छ । रासस

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:५० मा प्रकाशित

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेको माग

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्ष २०८२/०८३...

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक...

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पालिकाद्वारा हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

पालिकाद्वारा हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

गलकोट (बागलुङ) । यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता...

बर्सिम घाँसको बीउबाट लाखौं आम्दानी गर्दै चौधरी

बर्सिम घाँसको बीउबाट लाखौं आम्दानी गर्दै चौधरी

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा...