back
CTIZAN AD

सुन्तलाका दाना टिप्ने मेसिन पनि बन्यो, भुँइबाट टिप्न मिल्ने

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

2.1K 

shares

orange

कृष्ण दर्नाल,२५ कात्तिक पाल्पा । सुन्तलाका दाना टिप्ने समस्या खेप्दै आएका यहाँका किसानले सुन्तलाका दाना टिप्ने मेसिन प्रयोग गर्न थालेका छन् ।

सुन्तला टिप्न मेसिनको प्रयोगले अब भुइँबाट नै प्रत्येक सुन्तलाका दाना टिप्न सकिने भएको हो । यस मेसिनको प्रयोगले अब रूखमा चढिरहनुपर्ने झन्झटिलो कामबाट यहाँका किसानलाई राहत मिलेको छ ।

चापपानी–८ चिलाङ्दीमा सञ्चालित विश्वकर्मा कृषि औजार निर्माण केन्द्रले सुन्तला टिप्ने मेसिन उत्पादन गरेपछि यस भेगका सयौँ सुन्तला उत्पादन गर्ने किसानलाई ठूलो राहत मिलेको हो ।

सुन्तलाको रूखमा चढ्दा भुइँमा लडिने समस्या रहँदै आएकोमा मेसिनको प्रयोगपछि मानिस अझै सुरक्षित हुन थालेको बताउँछन् । पहाडी जिल्ला पाल्पा सुन्तला उत्पादनका लागि नमुना क्षेत्र बन्दै गएको छ ।

कृषि औजार निर्माण केन्द्रका सञ्चालक खुमबहादुर विश्वकर्माका अनुसार गोलो आकार भएको मेशिनमा रहेको फलामको भित्री धारिलो भागले सुन्तलाको दाना तान्दा हाँगाबाट काटिएर सुन्तला त्यसको पछाडि रहेको जालीमा अडिने गर्दछ ।

सुन्तलाको रूखअनुसार लौरो फिट गरेपछि आफ्नो आवश्यकताअनुसार लामो तथा छोटो आकार बनाउन सकिने विश्वकर्माको भनाइ छ । सुन्तला उत्पादन गर्ने किसान हरि बस्यालका अनुसार आवश्यकतानुसार लौरो फिट गरेर सुन्तलामा मेसिन अडाएर तान्दा सुन्तला जालीमा सङ्कलन हुने बताउनुहुन्छ ।

यस मेसिनको जिल्लाको खानीगाउँ, यम्घा, चापपानी, दर्लम, छहरालगायत गाविसमा ठूलो मात्रामा माग हुँदै आएको छ । सुन्तला टिप्ने मौसम भएकाले अहिले दैनिक २० थानभन्दा बढी विक्री हुँदै आएको छ ।

सुन्तला टिप्ने मेसिनको मूल्य सस्तो भएकाले यो मेसिन प्रयोग गर्नेहरु बढ्दै गएकाछन् । स्थानीय बजारमा प्रतिमेसिन तीन सय रुपैयाँमा बिक्री हुँदै आएको सञ्चालक विश्वकर्मा बताउनुहुन्छ । रासस

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:५० मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...