back
CTIZAN AD

श्रम शोषणको आरोप लागेका शर्माले दिए फिनल्याण्डबाट यस्तो प्रतिक्रिया

वि.सं.२०७६ वैशाख १० मंगलवार

528 

shares

 

१० बैशाख, काठमाडौ । फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्दै आएका देवी  दत्त शर्माले आफूमाथि लागेको श्रम शोषणको आरोपको प्रतिक्रिया दिएका छन् ।

फिनल्याण्डको हेल्सिन्कीबाट प्रकाशित हुने सानोमात मेडियाले फिनल्याण्डमा सञ्चालित केही नेपाली रेष्टुरेण्टमा कार्यरत नेपाली कामदारमाथि चरम श्रम शोषण भएको समाचार बाहिर ल्याएपछि रेष्टुरेण्ट संचालक देवि शर्माले समाचारको खण्डन गर्दै प्रतिक्रिया जनाएका हुन्।

‘फिनल्याण्डमा कुनै व्यवसायीले गल्ती अथवा अपराधलाई अर्को व्यक्ति अथवा व्यवसायसँग जाडेर बद्नाम गर्नु चरित्र हत्या गर्नु कहाँसम्मको युक्ति संगत कुरा हो ?’ उनले आफूलाई लगाइएको आरोपको खण्डन गर्दै भनेका छन्, ‘यो त केवल व्यक्तिको, व्यक्तिगत ईश्या, अहंकार, प्रतिशोधको लागि मेरा विरुद्ध तथा फिनल्याण्डमा लोकप्रिय हुँदै गइरहेको नेपाली रेष्टुरेण्ट व्यवसायलाई नै धरासायी बनाउने, रेष्टुरेण्ट व्यवसायमा काम गर्ने कामदारको नै विचल्ली बनाउने कलुषित मनोभावनाबाट ग्रसित केही ब्यक्ति, समूहको नियोजित प्रोपोगाण्डा हो भन्ने मैले महसुस गरेको छ ।’

संसारन्युजलाई पठाएको उनको प्रतिक्रिया जस्ताको तस्तै

‘म देवि दत्त शर्मा । कामको सिलसिलामा आजभन्दा ३०÷३५ वर्ष अगाडि फिनल्याण्डमा आएको हुँ । कामगर्दै जाँदा फिनल्याण्डमा नै आफूले गरी आएको र जानेको रेष्टुरेण्ट व्यवसायमा नै आफ्नो व्यवसाय गर्ने रहर जाग्यो । तर, फिनल्याण्ड, जहाँ नेपाली खानाको बारेमा केहि थाहा थिएन त्यस्तो ठाउँमा व्यवसाय गर्नु सुरुमा कम चुनौति थिएन । अर्कोतर्फ फिनिस जनताहरुबीचमा प्रचारप्रसार थिएन । सुरुका केही समय निकै संघर्ष गर्नु पर्यो, व्यवसायलाई स्थापित गर्न ।

विस्तारै केहि समयपछि फिनिसहरुले नेपाली खानाको बारेमा थाहा पाउँदै गए । काम पनि बढ्न थाल्यो । काम राम्रो हुदै गएपछि कामदारको अभाव पनि हुन थाल्यो । अब के गर्ने, फिनिसहरुलाई त नेपाली खान बनाउन आउदैन । अनि त मलाई मेरो व्यवसायलाई आवस्यक पर्ने कामदार नेपालबाटै ल्याउनुपर्ने भयो । त्यसैले मैले यहाँ कानुनी सल्लाह लिएर नै नेपालबाट भिषा आवेदन दिएर कानुनी रुपमै कामदार ल्याएको सर्वविदितै छ । मैले फिनल्याण्डमा व्यवसाय गरेदेखि हालसम्म व्यवसायको विस्तार पनि गरेको छु । आवस्यकता अनुसार कामदार पनि आइरहेका छन् । त्यसमध्ये अधिकांश कामदार म जस्तै व्यवसायी पनि बनेका छन् । यहि पेशाबाट आफ्ना परिवार, बालबच्चा फिनल्याण्डमा ल्याएका छन् ।

व्यवसाय नगरी काममा भएकाहरुको पनि सबैको आर्थिक, सामाजिक स्थिति राम्रो रहेको छ । यो कुरा मैले मात्र होइन, यहाँका नेपाली समुदाय, संघ संस्था सबैलाई अवगत भएको कुरा हो । यहाँ हुने नेपाली कार्यक्रम (दशै, तिज, तिहार, नयाँवर्ष) मा उपस्थिति तथा उनीहरुको शैली, लवाइ, खवाईबाट पनि थाहा हुन्छ कि, उनीहरुमा त्यस्तो आर्थिक अभाव छैन र सबैको शन्तोषजनक रहेको छ ।

फिनल्याण्डमा नेपाली खानाले लोकप्रियता पाइहँदा पछिल्ला केही वर्ष देखि फिनल्याण्डमा नेपाली रेष्टुरेण्ट व्यवसाय यसरी बढ्यो कि, फिनल्याण्डका साना–ठूला सबै सहरमा यसको विस्तार भयो । त्यसै क्रममा केही रेष्टुरेण्ट व्यवसायीबाट गल्ती भएछन जुन कुरा यहाँ प्रहरी अनुसन्धानबाट पत्ता पनि लाग्यो र उनीहरुले कानुन बमोजिम सजाय पनि पाइसकेका छन् ।

तर, मैले नबुझेको कुरा फिनल्याण्डमा कुनै व्यवसायीले गल्ती अथवा अपराधलाई अर्को व्यक्ति अथवा व्यवसायसँग जोडेर बद्नाम गर्नु चरित्र हत्या गर्नु कहाँसम्मको युक्ति संगत कुरा हो ? यो त केवल व्यक्तिको, व्यक्तिगत ईश्या, अहंकार, प्रतिशोधको लागि मेरा विरुद्ध तथा फिनल्याण्डमा लोकप्रिय हुँदै गइरहेको नेपाली रेष्टुरेण्ट व्यवसायलाई नै धरासायी बनाउने, रेष्टुरेण्ट व्यवसायमा काम गर्ने कामदारको नै विचल्ली बनाउने कलुषित मनोभावनाबाट ग्रसित केही ब्यक्ति, समूहको नियोजित प्रोपोगाण्डा हो भन्ने मैले महसुस गरेको छ ।

एउटा गरिब किसानको छोराले आफ्नै कठोर संघर्ष अनि प्रयत्नले विस्तारै सफलता प्राप्त गर्दै थिएँ । त्यसैबेलादेखि नै यहाँ बसेका आफूलाई पढेलेखेको तथा जान्ने सुन्ने हुँ भन्ने केही व्यक्तिहरुलाई मेरो व्यवसायिक सफलता तथा फिनल्याण्डमा भएका नेपाली संघ संस्थामा भएको मेरो आवद्धता मन परेको रहेनछ । ‘क अक्षर नपढेको गवाँर भाते, गुल्मेली भात बेचेर पैसा कमाएर ठूला भएका छन् ।’ भन्ने शब्दहरु बारम्बार मेरो कानले नसुनेको होइन । तर, पनि मैले एउटा नेपाली समुदायलाई नै होच्याउने नकारात्मक सोच भएका व्यक्तिसँग, के बहस गर्ने भनेर, ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भनेर आफ्नै व्यवसायप्रति नै समर्पित भए । भरसक सबैसँग मेलमिलाप गर्ने सबैसँग सहकार्य गर्ने, नेपाली समाजलाई परेको अप्ठेरोमा सहयोगी हात बढाएको छु । अनि मेरो औकातले भ्याए सम्म समाजसेवा पनि गरेको छु भन्ने लागेको थियो । तर, अहिले आएर यस्तो महसुस भएको छ कि, मेरा विरुद्ध केही व्यक्ति तथा समूह नै ज्यान फालेर लागिपरेका रहेछन् । खोइ, के को स्वास्थ्य पूर्तिका लागि हो, ?

मेरो घरमा काम गर्ने महिला (जस्लाई म बाट पीडित भनिएको) यहाँ आउनुभन्दा पहिला काठमाण्डौंमा ३÷४ ठाउँमा अर्काको घरमा भाडा माझ्ने, कपडा धुने, सरसफाई गर्ने गर्थिन् । तै पनि राम्रो आर्थिक अवस्था थिएन । परिवार केटाकेटीको अत्यन्त दयनिय अवस्था लाग्यो र मैले उनलाई फिनल्याण्डमा घरेलु कामदारको रुपमा एप्लाई गरिदिन्छु भनेपछि उनी खुसी भइन् । पहिलोपटक अन्तर्वार्तामा के भो भिसा मिलेन । फेरि अर्को पटकमा भिसा मिल्यो र उनी फिनल्याण्ड आइन् एकवर्षको लागि । एकवर्ष सकिएपछि ४ वर्षका लागि फेरि भिसा एप्लाइ भयो । भिसा पनि मिल्यो । फेरि मलाई लाग्यो, उनको श्रीमान केटाकेटी पनि यहि ल्याइदिन पाए कल्याण हुन्थ्यो कि भनेर, ती महिलालाई मेरो घरबाहेक अन्त कतै काम गर्न नमिल्ने खालको भिसा भएपनि अन्त कतै पनि काम गर्न मिल्ने भिसाा भए उनलाई परिवार ल्याउनका लागि आर्थिक अवस्था राम्रो हुनेथियो भनेर भिसाको लागि आवेदन दिन लगाए । सुरुमा भिसा अस्वीकार भयो । पछि मेरै पहलमा वकिल लगाएर पुन ः एप्लाई गरेपछि भिसा मिल्यो । जुन कुरा स्वयमं् पीडित भनिएकी महिलालाई पनि थाहा छ ।

जुन महिला आफूलाई पीडित र घरेलु हिंसामा परेको भनेर प्रहरीमा, पत्रपत्रिकामा बयानवाजी गरेर हिडिरहेकी छन्, ति महिलाको मेरो घरबाट निस्कनु भन्दा पहिले  कस्तो अवस्थामा थिइन् र कसरी बसेकी थिइन्, मेरो घरमा आउने तथा बाहिर उनलाई भेट्ने जो कोहीलाई पनि थाहा छ । यो महिला घरमा कामगर्ने महिला हो भन्ने सम्म अनुमान गर्दैनथे । उनलाइ घरकै सदस्य सम्झन्थे । यो कुरा मैले भनेको होइन, यहाँ हुने नेपाली समुदायले नै भनेको हो । यहाँ आएको ३ वर्षमा उनी २ पटक नेपाल गएकी छन् । नेपालमा भक्तपुरमा जमिन खरिद गरेकी छन् । म बाट शोषित पीडित भनिएकी महिलाले कसरी यावत कुरा गर्न सकिन ? बुझेनेले त्यसै बुझ्न सक्छ ।

अन्त्यमा–यर्थात कुरा मलाई के लागेको छ भने, मलाई फिनल्याण्डमा तथा नेपालमै पनि बदनाम गर्न वा असफल बनाउन मेरो व्यक्तिगत चरित्र हत्या गर्न मेरै घरमा व्यवसायमा काम गर्ने कामदारलाई ठूलै अर्थिक लाभ हुने प्रलोभन देखाई मेरा विरुद्धमा उनीहरुलाई उजुरी गर्न हतियारको रुपमा प्रयोग गरेका छन् भन्ने कुरा मैले बुझेको छु । पर्दा पछाडिका पात्रहरु विस्तारै देखिदै जालान् । सबै सत्य तथ्य समयले उजागर गर्ने छ भन्नेमा म विश्वस्त छु ।’

शर्मालाई आरोप लगाएर छापिएको समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

विदेशी पत्रकारको सनसनीपूर्ण खुलासा, यसरी ठगिन्छन् नेपालीहरु नेपालीबाटै

वि.सं.२०७६ वैशाख १० मंगलवार १४:१३ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...