back
CTIZAN AD

आफन्तको सम्झनामा प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग

वि.सं.२०७६ वैशाख ११ बुधवार

792 

shares

११ वैशाख, बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले रु पाँच लाख आर्थिक सहयोग गरेका छन् ।

विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहेका स्व मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गरे ।

दिवङ्गत मातापिताको स्मृतिमा मोहनबहादुरकी श्रीमती कृष्णकुमारी, भाइ डिलबहादुर, छकबहादुर, गमबहादुर र बहादुर पुर्जाका परिवारको तर्फबाट संयुक्त रु पाँच लाख सहयोग प्राप्त भएको हो । पुर्जा परिवारले कम्प्युटर कोठा बनाउन रकम अपुग भएमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको व्यवस्थापन समितिका उपाध्यक्ष फासबहादुर गर्बुजाले बताए ।

यसैगरी राम्चे आमा समूहलाई गमबहादुर पुर्जाले रु १५ हजार, उनकी छोरी डा चुमन पुर्जाले रु पाँच हजार, बहादुर पुर्जाले रु १५ हजार र स्टाफ नर्स रेखा पुर्जाले रु पाँच हजार सहयोग गरेका छन् । सहयोगदाता पुर्जा परिवारलाई मङ्गलबार राम्चेमा देउराली आधारभूत विद्यालय, राम्चे आमा समूहले सम्मान गरेका थिए ।

सामुदायिक विद्यालयमा प्रवेश परीक्षाबाट विद्यार्थी भर्ना

म्याग्दीको बेनी सामुदायिक विद्यालयले प्रवेश परीक्षामार्फत छनोट गरेर विद्यार्थी भर्ना गरेको छ । विद्यार्थी केन्द्रित, प्रविधिको प्रयोग र बालमैत्री शिक्षण विधि तथा उत्कृष्ट नतिजाका कारण अभिभावक र विद्यार्थीको बेनी सामुदायिकमा भर्ना हुन आकर्षण बढेको हो । निजी विद्यालयका विद्यार्थीसमेत भर्ना हुनका लागि आएका छन् ।

नयाँ शैक्षिकसत्रमा २५१ विद्यार्थीले बेनी सामुदायिकमा भर्ना हुनका लागि सोमबार प्रवेश परीक्षामा सहभागी भएका थिए । जसमध्ये अधिकांश निजी विद्यालयका थिए । प्रवेश परीक्षामा बढी अङ्क ल्याएको आधारमा ११२ विद्यार्थीलाई मङ्गलबार भर्ना गरेको प्रधानाध्यापक दीपक श्रेष्ठले बताए ।

पूर्वाधार र जनशक्ति अभावले विद्यार्थीको चाप थेग्न नसकेपछि निश्चित सङ्ख्यामा भर्ना गर्नका लागि प्रवेश परीक्षा लिनुपरेको प्रअ श्रेष्ठले बताए । उनका अनुसार प्रवेश परीक्षामार्फत १ देखि ९ कक्षामा विद्यार्थी भर्ना गरिएको हो । विसं २०७० को एसएलसी परीक्षाको नतिजाको आधारमा सामुदायिकतर्फ नेपालकै उत्कृष्ट भएको बेनी सामुदायिकले अपनाएको बालमैत्री र प्रविधिमैत्री शिक्षण विधि अपनाएको छ । केही वर्षयता यस विद्यालयमा एसइईमा सहभागी विद्यार्थीको नतिजा राम्रो छ ।

कम शुल्कमा निजी स्कूलको भन्दा राम्रो शिक्षा, भविष्यमा उच्च शिक्षा अध्ययनका लागि सरकारले दिने छात्रवृत्तिलगायतका अवसर पाइने भएकाले बालबालिका भर्ना गर्न ल्याएको अभिभावक बिष्णु कँडेलले बताए ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १३:११ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...