back

बस दुर्घटना  पाँचको मृत्यु, ३४ घाइते

वि.सं.२०७६ वैशाख ११ बुधवार

57 

shares

११ वैशाख, डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुँखर्कमा आज बिहान करीब ४।३० दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका बस्ने नरेश गुर्धामी, सोही गाउँपालिकाका कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट–४ बस्ने धनबहादुर घर्ती तथा भारतको बिहार बस्ने मोहमद नासिर रहेकोे डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

त्यसैगरी उक्त दुर्घटनामा परी घाइते हुनेमा कैलालीको गोदावरी नगरपालिका–१० का रमेश चौधरी, गोदावरी–३ का २४ वर्षीय नवीन धामी, बैतडी सिगासका–२ का २० वर्षीय सुरेन्द्र क्षेत्री, थलरा बझाङ तलकोटका ६० वर्षीय जयकला बोहरा, बझाङका १० वर्षीय शीतल वड, बझाङ तलकोट–५ का २५ वर्षीय कवेन्द्रबहादुर घर्ती, बझाङको जयपृथ्वी नगरपालिका–९ का ३५ वर्षीय धनसरा वड, बझाङ मष्टा–२ का १८ वर्षीय जीवन लुहार, सोही ठाउँका २५ वर्षीय पुष्प कठायत, बझाङका २४ वर्षीय सुरज रोकाया रहेका छन् । त्यस्तै अन्य घाइतेमा बझाङको जयपृथ्वी नगरपालिका–७ का ४२ वर्षीय मनगिरी विक, छब्बिस पाथिभराका ५० वर्षीय मदनराज जोशी, मष्टा–१ का २२ वर्षीय विनोद थापा, केदारस्यू–५ का २५ वर्षीय वसन्त बोहरा, तलकोट बझाङका ४० वर्षीया गिठी घर्ती, मष्टा २ बझाङका २२ धविन्द्र धामी, केदारस्यू–५ का १९ वर्षीय मोहित धामी, सुबेडा बझाङका ३० वर्षीया लक्ष्मी विक, छब्बिस पाथिभरा–३ का १८ वर्षीय तोरन रेग्मी, मष्टा–२ का १८ वर्षीय सुनिल धामी, बेतकोट–२ कञ्चनपुरका ४० वर्षीय दिवाकर पन्त, मष्टा–३ का ४७ वर्षीय रजन कामी, थलरा बझाङकी ६० वर्षीया विष्णुमति जोशी, बुङ्गल–१० ४० वर्षीय जनकराज जोशी, बझाङका ५० वर्षीया धना बोहरा, तल्कोटका ५० वर्षीय कुरे घर्ती, बुङ्गल–१ बझाङका २४ वर्षीय जगन्नाथ जोशी, तल्कोट–४ का १० वर्षीय विवेक घर्ती, थलरा–३ बझाङका धनबहादुर चौहान, थलरा–१ की ४० वर्षीय देवा बोहरा, भारत बिहार कटिहारका–२५ वर्षीय महोमद उस्मान, सोही ठाउँका १८ वर्षीय मोहमद गुल्जार, ४० वर्षीय जमिर हुसेन, २५ वर्षीय अजाद हुसेन रहेका छन् ।

घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका बझाङ थलरा–३ का धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरीलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । बस सडकबाट ६० मिटर तल खसेको र ओभर लोड हुँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरी पोष्ट स्याउलेकोे अनुमान रहेको छ ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १३:१० मा प्रकाशित

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान...

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना...

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

पर्वतको एक पालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने

पर्वतको एक पालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने

पर्वत । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी...